पाल्पामा बस दुर्घटना हुदा ६ जनाको मृत्यु १७ जना घाइते

Salyan Paribesh , ७०३  पटक हेरिएको

काठमाडौं । पाल्पाको रिब्दीकोट गाउँपालिका–२ रिब्दीकोटमा आइतबार अपराह्न भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् ।

गुल्मीको मजुवाबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट २ मा दुर्घटना हुँदा ३ महिला, ३ पुरूष गरी ६ जनाको मृत्यु भएको हो ।

मतकको सनाखत भएको छैन । उनका अनुसार मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाई छ ।

घटनास्थलमा रहेका घाइतेका अनुसार अर्को बसलाई साइड दिने क्रममा बस दुर्घटनामा परेको थियो । घाइतेहरुको तानसेनको युनाईटेड मिशन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: २०२२-०७-२४ , समय : १९:३५:२६ , १ वर्ष अगाडि