Salyan Paribesh , १३७७ पटक हेरिएको

|सबैको जिउने तरिका कहाँ एउटै हुन्छ र महोदय|
उ भन्छ जागिर गर्छस,दुई तीन सय खर्च गर्न तलाई के को कन्जुस्याइँ ? तर उसलाई के था,”त्यो दुई सयले घर-व्यबहारको एकातिर टाल्न पुग्छ भन्ने कुरा।” उ भन्छ,पैसा कमाउछस,जोगाउछस एउटा राम्रो कपडा त लगाएर हिड देख्ने ले के सोच्लान? के भन्लान ? तर उसलाई के था,”अरुलाई impress पार्न कसैलाई मेरो ड्रेसअप देखाउन हरेक दिन कपडा परिवर्तन गर्दै हिड्दिन भन्ने कुरा।
यहाँ मैले एउटा नयाँ कपडा लगाउदा उता अर्को तिर व्यबहार नाङ्गिन्छ भन्ने कुरा।” सधै हिडि रहन्छस,अब त एउटा Bike किन् साथी भाईहरुलाई भेट्न नि सजिलो हुन्छ,हामी छिटै आईपुग्दा तलाई सधै एक घन्टा कुर्नु पर्छ? तर उस्लाई के था,”मैले मेरो सजिलोको लागि साधन किने भने, उता बहिनिको कलेज फ्रि तिर्न नसकी परिक्षा रोक्किन्छ भन्ने कुरा।”
उसले भन्छ कहिलेकाहीँ रेस्टुरेन्टमा महङ्गो अनि मीठो खाने कुरा खान जाम न? तर उसलाई के था,”यहाँ म मीठो खाई रहदा, घरमा के खाई रहेका होलान ? कतै मैले मीठो खाई रहदा घरमा चुलो नै पो बलेको छैन कि भन्ने कुरा। ” उसले क्षमताको अर्थ ५ हजार पर्ने सामान खरिद गर्दा मागेको २ सय डिस्काउन्ट लाई सम्झन्छ।
भिडियोमा क्लिक गरि यो पनि हेर्नुस
तर म त्यो मन परेको सामान नै खरिद नगरी अरु नै तरिका बाट गुजारा चलाउनु लाई क्षमता सम्झन्छु। उ भन्छ यत्रो समयको महत्व बुझेको छस, अब त हातमा एउटा घडी भएनि लगा,घडीले केटा मान्छेको इज्जत बड्छ। तर उसलाई के था,”व्यबहार ले समय भन्दा अगाडि नै बिउझाईदिन्छ। समय भन्दा अगाडि नै घडी नहेरी कर्मथलो पुराई दिन्छ भन्ने कुरा।
” सबैको lifestyle कहाँ एउटै हुन्छ र ? म यहाँ office बाट छुट्टि भए पछि लेखेका यी शब्द,उ बिहानदेखि घर मै बसि, बाबा ले किनिदिएको पलङ्गमा मस्त सुतेर पढदै छ भन्ने कुरा। उसको दु:ख भनेको कसैले म्यासेजको reply दिएना भन्नेमा हुन्छ,हालेको फोटो मा ५००-६०० सय लाइक किन आएन भन्ने मा हुन्छ। girlfriend ,crush ले ignore किन गरी भन्ने मा हुन्छ।
तर उसलाई के था, दु:ख के हो, दु:ख बर्णन गर्न सकिँदैन, दु:ख कहन सकिँदैन भन्ने कुरा। उ बुझ्छ,हात खुट्टा जिउँ थाकेमा त्यो दु:ख भयो। तर उसलाई के था,”हरेक तिरबाट हरेक तिरको उल्झन बाट हरेक तिरको दबाब बाट मन नै थाक्दा भोगेको दु:ख।” | सबैको जिउने तरिका कहाँ एउटै हुन्छ र महोदय |
भरत रोकाय’एक्सन’ सल्यान
यो पनि हेर्नुस
यो पनि हेर्नुस
https://youtu.be/EBITBinoOvA
प्रकाशित मिति: २०२२-०७-२४ , समय : २०:०६:२० , १० महिना अगाडि