सल्यानमा अरिंगालको टोकाइबाट एकजनाको मृत्युु भएको छ ।

Salyan Paribesh , ५१३  पटक हेरिएको

सल्यानमा अरिंगालको टोकाइबाट एकजनाको मृत्युु भएको छ ।
जिल्लाको शारदा नगरपालिका वडा नम्बर १ दारिमचौर निवासी २६ वर्षीय कृष्ण थापाको अरिंगालको टोकाइबाट ज्यान गएको हो ।

शनिबार दिउँसो आँप खाना रुखमा चढेको बेला उनलाई अरिंगालले टोकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ४०/४५ वटा अरिंगालले उनको टाउको, मुख र शरीरका विभिन्न भागमा टोकेको प्रहरीले जनाएको छ ।
अरिंगालले टोके लगत्तै घाइते भएका उनलाई श्रीनगर स्थित कर्णाली अस्पतालमा लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि नेपालगन्ज रिफर गरियो ।

नेपालगन्ज लिने क्रममा कपुरकोट गाउँपालिका ५ अरिंगालेफेदीमा उनको ज्यान गएको हो । गएको असार २२ गते पनि सल्यानको कालिमाटी गाउँपालिका ४ का ७ वर्षीय दवदर्शन राणाको अरिंगालको टोकाइबाट मृत्युु भएको थियोे ।

 

यो पनि हेर्नुस

प्रकाशित मिति: २०२२-०७-२४ , समय : २३:२२:२४ , १० महिना अगाडि