प्रतापको सपना |

Salyan Paribesh , १९७०  पटक हेरिएको

             | प्रतापको सपना |

धेरैजसो मानिसहरु आफूसँग रहेका सुन्दर चीजहरुको पहिचान गर्न नसक्दा दुःखी भईरहेका हुन्छन् । अरुमा भएका चिजहरु राम्रो देख्ने तर आफूसँग भएका चिजहरु नराम्रो देख्ने बानीले खुशी कम गराईरहेको हुन्छ। बास्तवमा मानिसहरुलाई उसले जिन्दगीमा के पाउन खोजिरहेको थाहा हुदैन । के का लागि असन्तुष्ट भएर दुखलाई निम्त्याईरहेका छन् जिन्दगीभर त्यो नि पत्तो हुदैन ।

विश्वब्यापिकरणको अहिलेको युगमा मानिसहरुमा प्रधिस्पर्धाको नाममा अति महत्वकांक्षी मानिसहरु बढ्दै गएको जसले गर्दा अत्यन्तै भागदौड र अब्यवस्थित जिवनशैलीले उनीहरुलाई ब्यस्त बनाउनुको साथै खुशीबाट टाढिदै गईरहेको बनाइरहेको छ। मानिसहरु भविष्यको लागि धन सम्पत्ती जोड्नकै खातिर परिवारलाई समय दिन सकेका छैनन्। स्वादको लागि स्वास्थ बिगारी रहेका छन्।

अहिले जुन चिज मुख मिठ्याई मिठ्याई खाईरहेका छन् त्यस्तो खानपिनले गर्दा पछि रोग लागेर धेरै चिजको मुख बार्नुपर्ने हुन्छ । लोभ, लालचले गर्दा क्षणिक आनन्दमा भूलेर भाविष्यमा लामो समयको लागि दुखलाई निम्त्याईरहेका छन् । जिन्दगी खुशीसाथ बिताउने हो भने बिहान उठ्नासाथ आफूमाथि कृतज्ञ बनौं ।
भिडियोमा क्लिक गरि यो पनि हेर्नुस

उठनासाथ यति सुन्दर जिन्दगी दिनुभएकोमा भगवानलाई धन्यवाद दिउँ अनि यति राम्रो परिवार दिनुभएकोमा धन्यवाद दिउँ । दुःख सुखमा साथ दिएकोमा श्रीमान, श्रीमती तथा परिवारलाई, त्यस्तै, देश, समाज, हामिक, सहकर्मी, सुन्दर दिन, सुन्दर जिवन, आदि आदिलाई धन्यवाद दिउँ । प्रत्येक दिन कसैले आफूलाई गरेको सहयोग सम्झेर उ प्रति कृतज्ञ भई मुस्कुराउने गरौं । यो क्रिया दिनदिनै गर्यौं भने हाम्रो जिन्दगीमा खुशीहरु थपिंदै जान्छ । याद राखौं-मेहनत गर्न नछाडौं । सन्तुष्टि भए खुशी आउँछ ।

सन्तुष्ट बनौं खुशीलाई सँधै कैद गरौं । त्यहि भावनामा खेलिरहेका प्रताप राना आफ्ना रहरहरुलाई ब्यवसायिकता बनाउन दिनरात खट्टिरहनु भयको छ। आफ्नै हातले पेन्टिङ गरेर बनाउने हस्तलिखित पेन्टिङहरु देखि काठ,छाला र विभिन्न धातुहरुलाई कुदेर मायाँ प्रेमका भाव झल्किने आकृतिदेखि हाम्रो दैनिक जिवनमा प्रयोग हुने विभिन्न सामानहरु बनाउन खप्पिस राना मन्दिरमा सजिएर बन्ने थुप्रै देवी देउताका मुर्तिहरु लगायत सजावट र सौदन्यताका विभिन्न आकूतिहरु बनाउन सक्ने ल्याकत राख्नुहुन्छ। साथै गाउँमा बसेर गाउँबाट पनि कूषि क्रान्ति सम्भव छ भनेर आधुनिक कूषि प्रणाली पनि अभलम्वन गर्दै आउनु भएको छ।

दार्मा गाउँपालिका वडा न.२ मा जन्मिनु भयका प्रताप आफ्नै गाउँमा केही गर्न सकिन्छ केही गर्नु नै पर्छ भन्ने सपना देखेर अहिले पनि गाउँमै बसेर सुनौला सपनाहरुको खेति गरिरहनु भएको छ। भनिन्छ मानिस असन्तुष्ट प्राणी हो । उ जति बुझ्ने हुँदै गयो उसको आवश्यकता तथा महत्वकांक्षा बढ्दै जान्छ । उसको एकपछि अर्काे आवश्यकता सृजना हुँदै जान्छ।त्यसैले पनि बिद्वान मोस्लोले मानिसको आवश्यक्ताको श्रृखलाबद्ध सिद्दान्त प्रतिपादन गरेका छन् । मानिसको एउटा आवश्यक्ता पूरा भएपछि तत्कालै अर्काे आवश्यक्ता सृजना हुन्छ, जुन नयाँ आवश्यक्ताले खुसीलाई टाढा बनाउंदै लान्छ । र, आवश्यक्ता पुरा नहुँदासम्म अधिकांश समय चिन्तामा बिताउँछ ।

यो पनि हेर्नुस


डेनिस वेईटलेले भनेका छन् कि- ब्यक्तिगत सन्तुष्टि ब्यक्तिको सफलताको लागि महत्वपूर्ण अंश हो । यदि कुनै ब्यक्ति जिन्दगीमा सन्तुष्ट छैन भने उ सफल हुन सक्दैन । किनकी असन्तुष्ट मानिसले राम्रोसँग कार्य सम्पादन गर्न सक्दैन । देशको ब्यवस्था परिवर्तन गर्न तल्कालिन जनयुद्ध,जनआन्दोलनमा घरकै जेष्ठ सन्तान गुमाउनु भयका उहाँको परिवारमा खासै केही परिवर्तनका बाछि्टाहरु भने देखिएनन।अतितले पिल्सिएको सामान्य परिवार, स-साना नानी बाबुका रहरहरु,उस्ताउदै गरेको घाम जस्तै बा आमाका मधुरा चेहराहरु ,श्रिमतीको आखाँमा अवेक्त आशुहरु र आफुसंग रहेका मालवाहक सपनाहरु बाहेक उहाँको परिवारमा अरु केही थियन।

सुख,खुसी,सन्तोष्टी र आनन्द भन्ने कुरा किताबमा बाहेक कतै नदेख्नु भयको उहाँले देश छोडेर विदेश जाने निर्णय गर्नु भो। मानिसलाई जुन कुरा गुमाएको हुन्छ, त्यो कुरा ठुलो हुन्छ । तर, जुन कुरा हासिल गरेको हुन्छ, त्यो ठुलै भएपनि समयसँगै सानो लाग्दै जान्छ। र, गुमेको कुरालाई सम्झेर दुःखी बन्न पुग्छ । नेपालीमा भनाई नै छः मानिसलाई १० हजार भेट्टाएको खुशीभन्दा १ हजार गुमाएको दुखले बढी सताउँछ
मानिसहरुको आफूलाई अर्काेसँग तुलना गर्ने बानीले गर्दा पनि दुःखी भईरहेको पनि देखिन्छ । आफ्नो घर, परिवार, काम, पेशा, ब्यवसाय, गाडी, समाज, देश, परिस्थिति आदि भन्दा अर्काको राम्रो देख्दा उनीहरु दुःखी बनिरहेका हुन्छ, जसको मुख्य कारण आफूसँग भएका चिजहरुसँग सन्तुष्ट नहुनु हो । यसमा कुनै दुईमत छैन कि, कडा मेहनत नै सफलताको शुत्र हो । तर, अधिकांश मानिसहरु सफलता, महत्वकांक्षाको नाममा जिन्दगीको सन्तुलन मिलाउन नसकेको कारणले गर्दा खुशीलाई टाढा बनाईरहेका छन् ।

मानिस खुशी हुन सबै कुराको सन्तुलन मिलाउन जरुरी हुन्छ । र, भएको चिजमा आनन्दलिन सक्नुपर्छ । तर, यसको मतलब मेहनत गर्न छोड्नु भने हुँदैन । जे छ त्यसमा आनन्द लिने भन्नुको मतलब किन बढि परिश्रम गर्ने र सफलताको लागि किन दौडधुप गर्ने भन्ने अर्थमा भने बुझ्नु हुदैन। विगत लामो समय वैदेशिक कर्ममा रहनु भयको उहाँले अब देशमै सपना र रहरका सुन्दर भविष्यहरु कोर्ने निधो गर्नु भो। उहाँलाई लाग्न थाल्यो सन्तुष्ट भन्ने शब्दले आफ्नो काममा सन्तुष्ट, घरपरिवार तथा सन्तानहरुसँग सन्तुष्ट, साथीभाईहरुसँग सन्तुष्ट, आफ्ना सहकर्मीहरुसँग सन्तुष्ट, आफ्ना हाकिमसँग सन्तुष्ट, आफ्नो रुपरङ्सँग सन्तुष्ट, आफ्नो देश, समाज तथा परिस्थितीसँग सन्तुष्ट, आफ्नो आर्थिक हैसियतसँग सन्तुष्ट आदि जे पनि हुन। मोफसलको दुर्गमबस्तिमा आफ्ना रहर र सपनाहरुसंग रमाउदै समाजलाई आत्मनिर्भरताको सिर्जनात्मक कला सिकाउँदै गरेका राना अवसर मात्र देखिरहेका छ‌ैनन थुप्रै चुनौतिका पहाडहरुको पनि सामाना गरिरहेका छन।।

लेखक : भरत रोकाय’एक्सन’ सल्यान

फोटो फिचर – 

 

यो पनि हेर्नुस

प्रकाशित मिति: २०२२-०७-२५ , समय : २०:४७:४६ , १ वर्ष अगाडि