कपुरकोट र शारदामा कोभिडले शिक्षामा परेको असर प्रतिकार्यका लागि सहयोग कार्यक्रम

Salyan Paribesh , ७८३  पटक हेरिएको

कर्णाली प्रदेशका ६ जिल्लामा कोभिड १९ माहामारीबाट नेपालको शिक्षा क्षेत्रमा परेको असरको प्रतिकार्यको लागि सहयोग कार्यक्रम सञ्चालन हुने भएको छ । सल्यान, सुर्खेत, दैलेख, कालिकोट, मुगु र जुम्ला जिल्लाका १८ स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने भएको हो । सल्यानको कपुरकोट गाउँपालिका र शारदा नगरपालिकामा यो कार्यक्रम सुरु भएको समाज जागरण केन्द्र नेपाल, सुर्खेतले जनाएको छ । सोमबार कपुरकोट गाउँपालिकामा परियोजनाको बारेमा परिचयात्मक कार्यक्रम सम्पन्न भएको शिक्षा अधिकृत सरस्वती भण्डारीले जानकारी दिइन् ।

कोभिड १९ माहामारीको प्रतिकार्य, शीघ्र पुनर्लाभ र विद्यालय पुन संचालनको समयमा नेपालको शिक्षा क्षेत्रमा भएको आधारभूत र माध्यमिक तहका बालबालिकाहरुको असमान सिकाई नतिजलाई न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको समाज जागरण केन्द्रका कार्यक्रम संयोजक कृष्ण प्रसाद चापागाईले बताए । कार्यक्रम अन्तर्गत कपुरकोट गाउँपालिकामा सञ्चालन हुने क्रियाकलापको बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले शिक्षा प्रतिकार्य योजना र सिकाई निरन्तरताका लागि प्राथमिकताका साथ काम गर्ने बताए । यस्सतै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले शिक्षा क्षेत्रमा आउन सक्ने जोखिमको पहिचान, त्यसले पार्न सक्ने प्रभावको विश्लेषण र समस्याको सम्बोधन गर्नुपर्नेमा जोड दिए । प्रमुख प्रशासकीय अधिकृत भरत कुुमार वलीले परम्परागत शिक्षण पद्धतिलाई विस्थापित गरी नयाँ शिक्षण पद्धतिलाई पनि अवलम्बन गर्नुपर्ने आवश्यकता औल्याए ।

भिडियोमा क्लिक गरि यो पनि हेर्नुस

कोभिड १९ माहामारीबाट नेपालको शिक्षा क्षेत्रमा परेको असरको प्रतिकार्यको लागि सहयोग कार्यक्रमका लागि कपुरकोट गाउँपालिकामा ८ वटा विद्यालय छनौट भएका छन् । नेरामावि किमुचौर, जीवनज्योती मावि रिम, कालिका मावि कपुरकोट, विरेन्द्र मावि गर्पा, भवानी मावि छायाँनाथ, सिद्ध आवि ढाँर, सरस्वती आवि जामुने र सिद्ध आवि खाली छनौट भएको कार्यक्रमका प्रदेश क्लष्टर संयोजक नित्यानन्द पाण्डेयले जनाए । युरोपियन युनियन तथा युनिसेफको आर्थिक सहयोग र मर्सिकोर नेपालको प्राविधिक सहयोगमा समाज जागरण केन्द्र, नेपालले कार्यक्रम कार्यान्वयन गर्नेछ । परियाेजनाकाे परिचयात्मक कार्यक्रमकाे सञ्चालन शिक्षा प्रास रमेश कुमार अाचार्यले गरेका थिए ।

 

———  कभरखबर

यो पनि हेर्नुस

 

हेर्नुहोस् तपाइको राशिफल

सबैको जिउने तरिका कहाँ एउटै हुन्छ र महोदय | भरत रोकाय’एक्सन’

यो पनि हेर्नुस

यो पनि हेर्नुस

सबैको जिउने तरिका कहाँ एउटै हुन्छ र महोदय | भरत रोकाय’एक्सन’

यो पनि हेर्नुस

 

प्रकाशित मिति: २०२२-०७-२६ , समय : ०१:३७:०७ , १० महिना अगाडि