Salyan Paribesh , १२६८ पटक हेरिएको

काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन्।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा गरेको स्रोतले जनाएको छ ।
बोर्डको अध्यक्ष पदका लागि सार्वजनिक गरिएको १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो ।
केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले छनोट गरेको थियो ।
नेकपा एमालेमा रहेका केसी केही समयअघि मात्रै नेपाली कांग्रेस प्रवेश गरेका थिए । उनी कांग्रेस प्रवेश गरेसँगै विकास बोर्ड अध्यक्षको दाबेदारको रुपमा हेरिएको थियो ।
हेर्नुहोस् तपाइको राशिफल
सबैको जिउने तरिका कहाँ एउटै हुन्छ र महोदय | भरत रोकाय’एक्सन’
भिडियोमा क्लिक गरि यो पनि हेर्नुस
यो पनि हेर्नुस
यो पनि हेर्नुस
यो पनि हेर्नुस
कपुरकोट र शारदामा कोभिडले शिक्षामा परेको असर प्रतिकार्यका लागि सहयोग कार्यक्रम
प्रकाशित मिति: २०२२-०७-२६ , समय : ०२:१२:२२ , ८ महिना अगाडि