बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष महतारा माथि आक्रमण

Salyan Paribesh , ९५०  पटक हेरिएको

छेडागाड सम्बादाता राजन न्यौपाने                                          बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि भएको आक्रमणको नेकपा एमाले निकट युबाहरुको संगठन युवा संघ नेपाल जाजरकोटले घोर भत्सर्ना गरेको छ ।

संगठनका जिल्ला कमिटी सदस्य के पि शर्मा ले सामाजिक सञ्जाल फेसवुकमा लेख्दै वडाध्यक्ष डम्बरबहादुर महतारा माथि ज्यान मार्ने उद्धेश्यले भएको सांघातिक हमलाको घोर भत्सर्ना गरेका हुन् ।

उनले लेखेका छन्, ‘नेपाली काँग्रेसका नेता कार्यकर्ता जहिले पनि हिंसालाई रोज्ने हो, यदि हजुरहरु हिंसा नै रोज्ने मन भए आउनुहोस् नेकपा एमालेका जनसंगठन सँग ?’ दोषीलाई कारवाहीको माग गर्दै वडाध्यक्ष महताराको स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेका छन् । यस्ता हर्कतका विरुद्ध युवा संघ नेपाल जस्तो सुकै आन्दोलनको सामना गर्न तयार रहेको समेत सदस्य शर्मा चेतावनी दिए ।

प्रकाशित मिति: २०२२-०७-२६ , समय : ०९:५१:३५ , १ वर्ष अगाडि