Salyan Paribesh , २९२ पटक हेरिएको
श्रावण १० बाँके।बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ पावर्तीपुरमा एक दम्पती मृत फेला परेका छन् ।
३५ वर्षिय कृष्ण गडरिया र उनकी श्रीमती ३० वर्षिय मञ्जु गडरिया आफ्नै घरमा मृत फेला परेका हुन् । उनीहरू आफ्नो सुत्ने कोठामा मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार, कृष्णको बायाँ हात काटिएको देखिएको हुँदा हत्या भएको आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२२-०७-२६ , समय : १०:१५:०२ , ८ महिना अगाडि