भोली देशभर सार्वजनिक बिदा

Salyan Paribesh , १३९२  पटक हेरिएको

काठमाडौ । गृह मन्त्रालयले सोनाम ल्होसारको उपलक्ष्यमा बुधबार देशभर सार्वजनिक बिदा दिएको छ।

मंगलबार मन्त्रालयले एक सूचना जारी गर्दै सोनाम ल्होसारको उपलक्ष्यमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा दिएको हो।
[smartslider3 slider=”9″]
नेपाल सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

‘बुधबार सोनाम ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ।

प्रकाशित मिति: २०२२-०२-०१ , समय : ०८:१४:४६ , २ वर्ष अगाडि