खार खोलामा कहिले भन्छ पुल?बर्षायाम सुरु हुदाँ यात्रीहरु अलपत्र

Salyan Paribesh , ६७४  पटक हेरिएको

छेडागाड सम्बादाता :राजन न्यौपाने
श्रावण ११ छेडागाड।पश्चिम जाजरकोटको छेडागाड नगरपालिकामा पर्ने खार खोलामा पुल नहुदा बर्षायामको समयमा यात्रा गर्ने यात्रीहरुले सास्ती भोग्दै यात्रा गर्दै आएका छन् ।
बाटो बिग्रेसँगै खोलानाला बढ्दा यात्रा जोखिमपुर्ण गर्नु पर्ने स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन् । यो खोलामा अब छिट्टै पुल बन्छ भनेर जनप्रतिनिधिले भन्दै आए पनि पुल बनेको छैन । जब बर्षायाम शुरु हुन्छ अनि थाहा हुन्छ चुनावको बेलामा राखेका प्रतिबद्धता अघिल्लो सरकारले त पूरा गरेर देखाएन यो नयाँ सरकारले पनि उस्तै गर्छकी भन्दै स्थानीय बासिन्दाहरुले चासो देखाएका छन ।

छिटो भन्दा छिटो ध्यानाकर्षण जाओस् भनी पश्चिम जाजरकोटका जनताले बताए।बाटो बिग्रेसँगै काठमाडौ,नेपालगन्ज,सुर्खेत र जाजरकोट खलंगा हिडेका यात्रीहरु बाटोमै अलपत्र पर्ने गरेका छन् ।

प्रकाशित मिति: २०२२-०७-२७ , समय : ०९:३५:५१ , १ वर्ष अगाडि