देशभरमा ५६४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

Salyan Paribesh , ३६४  पटक हेरिएको

श्रावण ११ सल्यान ।पछिल्लो २४ घण्टामा ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४५४ जनामा गरिएको परीक्षणमा ५४६ जनामा संक्रमण पुष्टि भएको हो ।

दुई हजार ७७८ पीसीआर परीक्षणमा ४१८ र एक हजार ६७६ एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण देखिएको हो ।

उक्त समय भित्रमा २०२ जना संक्रमणमुक्त पनि भएका छन । त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।

हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार ९२९ पुगेको छ ।

 

सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच।
https://youtu.be/4TDGUbnwx-0

 

लोपोन्मुख सोह्रठी नृत्य भिडियो सहित
https://youtu.be/fxCUwMmYRKY

प्रकाशित मिति: २०२२-०७-२७ , समय : १७:१२:३१ , ६ महिना अगाडि