Salyan Paribesh , ५८७ पटक हेरिएको

श्रावण १२ जाजरकोट । जून तारा साहित्य समाजले २०७९ असार २३ देखि ३२गते सम्म राखेको विश्वव्यापी अनलाइन आमा प्रति समर्पित मुक्तक प्रतियोगिताको नतिजा साउन ५गते गर्ने भनिएतापनि विविध समस्याको कारण १२गते सार्वजनिक गरेको छ ।
प्रतियोगितामा पुरस्कार प्रयोजन गर्नु भएको थियो आफ्नो २४औं जन्म जयन्ती पारेर कमलराज बिष्ट मगर ज्यू ले भने हुम्लाका अनुराग बिकास क्षेत्री प्रथम पुरस्कार प्राप्त गर्न सफल भएका छन् । त्यस्तै, सुर्खेतका मिसन शर्मा बाईबाई द्वितीय, रूकुमका गंगाराम बुढा मगर तृतीय र नवलपुरकी प्रमिला पाठकले पुरस्कार पाएका छन् । उत्कृष्ट १० मा भने छविकिरण अधिकारी, सुरेन्द्र चौधरी, सुजता सुवेदी सुजु, बिरेन्द्र बि . एम बिन्दास, कुशल श्रेष्ठ, हेमन्त आँसु, प्रयासी प्रविना पौडेल, दुर्गा सानु खड्का, प्रजित कुँवर र सपना कुवर गरि प्रतियोगितामा १०८ जनाले भाग लिएकाे संस्थाका अध्यक्ष गणेश बिष्ट बर्सातले जानकारी दिए ।
प्रतियोगिताको नतिजा जून तारा साहित्य समाजको आफ्नो आधिकारिक सामाजिक सञ्जाल युट्युव च्यानलबाट उत्कृष्ट १० र प्रथम, द्वितीय, तृतीय,सान्त्वना मुक्तकहरु यसै संस्थाकी उपाध्यक्ष रचिता दाहाल ज्यूले वाचन गरि सार्वजनिक गरेको हो । ‘विगत लामो समयदेखि नेपाली साहित्य र त्यसको संरक्षणमा लागि जून तारा साहित्य समाजले यो भन्दा अघि पनि थुप्रै उदाहरणीय काम गरिसकेको छ । महासचिव श्याम कुमार श्रेष्ठले भने ।
सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच।
मुक्तक छनोटका लागि निर्णायक मण्डललमा रहनु भएका हिउँकला हाँसी खतिवडा, कमलराज बिष्ट मगर, विशाल सुवेदी , रचिता दाहाल र सबैलाइ एक मुस्ट आभारी व्यक्त गर्दै मायाको चिनो प्रदान गरिएको छ।
यसै गरी यस प्रतियोगिताको सूचना समाबेश गर्नु हुने दुई अनलाईन मिडियालाई पनि मायाको चिनो प्रदान गर्दै यो माया साथ सँधै रहिरहोस् भन्नी आपेक्क्षा राखेको जानकारी दिनुभयो। यसै गरी सम्पुर्ण सहभागी मुक्तककार ज्यूहरू प्रति हार्दिक आभार व्यक्त गर्दै बिजेता मुक्तककार ज्यूहरू लाइ बधाई व्यक्त गर्दै साहित्य यात्राको उज्ज्वल शुभकामना सहित प्रतियोगिता भनेको नै हार जित हो? मुक्तक सबै राम्रो नै रहेको र निर्णायक भूमिका रहेर निस्पक्ष रचना छानिएको समेत जानकारी दिनु भयो । नतिजा ढिलो सार्वजनिक हुनुको एक कारण आफ्नो स्वास्थ्यमा समस्या आएकोले बताउनुभयो।
ज्य जून तारा
ज्य साहित्य भिडियो हेर्न लिंक क्लिक गर्नु होला
ज्य जून तारा
ज्य साहित्य
प्रदेशीहरुको कथामा समर्पित गित फर्की आउदिन।
प्रकाशित मिति: २०२२-०७-२८ , समय : १०:३०:०२ , ८ महिना अगाडि