Salyan Paribesh , ५५५ पटक हेरिएको

प्रवास कुमार शाक्य १२ साउन, सुर्खेत । ५६ औं राष्ट्रिय रक्तसञ्चार दिवसको अवसरमा सुर्खेत उद्योग बाणिज्य संघले बृहत रक्तदान कार्यक्रम गरेको छ ।
नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्मचार्य र कर्णालीका सर्वाधिक रक्तदाताले संयुक्त रुपमा रक्तदान गर्नुभएको हो ।
नेपालका सर्वाधिक रक्तदाता कर्मचार्यले १७१ औं पटक र कर्णाली प्रदेशका सर्वाधिक रक्तदाता प्रवाश कुमार शाक्यले ७५औं पटक रक्तदान गर्नुभएको संघका महासचिव भद्र भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै आज नै कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बढ्दो रगत आपूर्तिको मागलाई सहज व्यवस्थापन गर्नकालागि आज नेपाल स्वयंसेवी रक्तदाता समाजको सुर्खेत शाखा गठन गरिएको छ ।
प्रदेशीहरुको कथामा समर्पित गित फर्की आउदिन।
https://youtu.be/QQRitjKp7Q0
समाजका केन्द्रिय अध्यक्ष एवं नेपालका सर्वाधिक रक्तदाता प्रेमसागर कर्मचार्यको उपस्थितिमा कर्णाली प्रदेशका सर्वाधिक रक्तदाता प्रवाश कुमार शाक्यको अध्यक्षतामा समाजको सुर्खेत शाखा गठन गरिएको हो ।
सुर्खेत जिल्लामा रगतको अभावलाई परिपूर्ति गर्न एव सहजतरिकाले रगत उपलब्ध गराउनकालागि समाजको शाखा गठन गरिएको अध्यक्ष शाक्यले बताउनुभयो । उहाँ भन्नुहुन्छ “हामी कुनैपनि विरामीकालागि सहज रगत प्राप्त होस भन्नकालागि लागि परेका छौ त्यती मात्र नभएर सुर्खेत जिल्ला भन्दा बाहिर यस क्षेत्रका विरामीहरुकालागि सहजरुपमा रगतको आवश्यकता पूर्ति होस भन्नकाका खातिर यो समाजको गठन गरेका हौं यस्मा सबैजनाले हातेमालो गरिदिनहुन म हार्दिक अनुरोध गर्दछु ।”
लोपोन्मुख सोह्रठी नृत्य भिडियो सहित
https://youtu.be/fxCUwMmYRKY
त्यस्तै भेलाले समाजको उपाध्यक्षमा अशोक कुमार सिंह, सचिवमा खगेन पुरी, कोषाध्यक्षमा धर्मराज आचार्य, सहसचिव पुनम विसी तथा सदस्यहरुमा सागर लम्साल कुमार थापा भोजप्रसाद आचार्य सुरेश आचार्य अनिल ढकाल सञ्जयनाथ योगी कृति गुभाजु शाक्य र चन्द्रा रेग्मी चयन हुनुभएको छ । त्यस्तै समाजको सल्लाहकारमा सुदर्शन श्रेष्ठ लक्ष्मण कँडेल र सुशिलराज शर्मा रहनुभएको छ ।
सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच।
https://youtu.be/4TDGUbnwx-0
प्रकाशित मिति: २०२२-०७-२८ , समय : ११:१८:२६ , १० महिना अगाडि