छेडागाड नगरपालिकाद्वारा प्रहरी चौकीलाई बिपद ब्यबस्थापनका लागि सामग्री हस्तान्तरण

Salyan Paribesh , ३५८  पटक हेरिएको

जाजरकोट श्रावण १२ ।छेडागाड नगरपालिका द्वारा प्रहरी चौकीलाई विपद् सामग्री हस्तान्तरण गरेको छ ।

बर्षादको समयमा जुनसुकै बेला बाढी पहिरोको जोखिम अवस्था आउन सक्ने भएकोले पुर्ब तयारी र सचेतताको सामाग्री हस्तान्तरण गरिएको छेडागाड नगरपालिकाको सूचना अधिकारी देब बहादुर बुढाले जानकारी दिए । हस्तान्तरण गरिएको सामग्रीहरु गैटि २ वटा , बिल्चा २ , सप्पल १ , बाल्टी २ वटा , स्टेचर २ वटा , त्रिपाल २ वटा , पानी बुट २ जोर , डोरि १० एमएमको २ रोल , हेल्मेट ३ वटा , फायर टेन्चर १ वटा , प्राथमिकता उपचार बक्स १ वटा , रबर म्याट्रेस ३ वटा , लाइफ ज्याकेट ४ वटा , सिपाही टर्च २ वटा , र बिपद हेड टर्च २ वटा सामग्रीहरु प्रहरी चौकी छेडागाडका इन्चार्ज भक्त बहादुर भण्डारीलाई हस्तान्तरण गरिएको नगरपालिकाका सूचना अधिकारी बुढाले बताए ।

बर्षाको समयमा बिपद ब्यबस्थापन सम्बन्धि सामग्री हस्तान्तरण गरेको छौ । नगरपालिका भित्रको नागरिकको जिउ धन सुरक्षित राख्न सामग्री हस्तान्तरणले मद्दत पुग्ने सूचना अधिकारी बुढाले भने ।

प्रकाशित मिति: २०२२-०७-२८ , समय : १९:४७:५५ , १० महिना अगाडि