Salyan Paribesh , २०१२ पटक हेरिएको

सल्यान / साउन,१२ – ४० दिनको अवधिमा मात्रै सल्यानको कपुरकोटबाट पाँच करोड ७० लाख बढीको ताजा तरकारी विक्रि भएको छ । गत जेठ २३ गते देखी असार मसान्त सम्म कपुरकोट क्षेत्रका किसानले पाँच करोड ७० लाख ९५ हजार ७२८ रुपैयाँ बराबरको ताजा तरकारी तथा फलफुल विक्रि गरेका हुन् ।
कपुरकोट गाउँपालिकामा धेरै जसो किसानले वेमौसमी तरकारी खेती गर्दै आएका छन् । कृषि उपज बजार केन्द्र कपुरकोटका अनुसार गत जेठ २३ बाट कपुरकोटमा तरकारी हाट बजार सुरु भएको हो । र यस अवधिमा किसानहरुले ११ लाख ७५ हजार ३२४ किलो तरकारी र फलफुल विक्रि गरेका छन् ।
११ लाख ७४ हजार १७६ किलो ताजा तरकारी विक्रिबाट ५ करोड ७० लाख ५४ हजार ८ रुपैयाँ, ७०० किलो अदुवा विक्रिबाट ३५ हजार र ४४८ किलो फलफुल विक्रिबाट ६ हजार ७२० रुपैयाँ किसानहरुले आम्दानी गरेको कृषि उपज बजार सञ्चालक समितिका सचिव तिलक शर्माले जानकारी दिए । कपुरकोट क्षेत्रका किसानहरुले टमाटर, बन्दागोभी, फूलगोभी, घ्यूसिमी, बोडी, खुर्सानि, आलु, काँक्रो, स्कूस, मूला, गाजर, हरियो साग, भान्टा, हरियो केराउ आदि वेमौषमी ताजा तरकारि उत्पादन गर्ने गर्दछन् ।
सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच ।
https://youtu.be/4TDGUbnwx-0
कपुरकोटमा कृषि उपज बजार केन्द्रले हप्ताको दुई दिन मंगलबार र शुक्रबार तरकारी बजार सञ्चालन गर्दै आएको छ । कपुरकोटका विभिन्न वडामा पनि एक दर्जन बढी सहायक तरकारी संकलन केन्द्रहरु रहेका छन् । यस वर्षको वेमौसमी तरकारी सिजनमा टमाटर प्रतिकिलो २५ देखि ८५ रुपैयाँ सम्ममा विक्रि भएको छ । यस्तै काउली १५ देखि ६० रुपैयाँ, बन्दा गोभी १५ देखि ६५, सिमि ४५ देखि ७० र भेडे खुर्सानी ४५ देखि ९० रुपैयाँ प्रतिकिलोमा विक्रि भएको बजार केन्द्रका प्रतिनिधी चन्द्रमणी खड्काले जानकारी दिए ।
मनग्य आम्दानी हुने भएपछि किसानहरु मकै, गहुँ, कोदो जस्ता अन्नवालि छाडेर वेमौषमी तरकारि खेतीतर्फ आकर्षित भएका छन् । यहाँ उत्पादन हुने ताजा तरकारी नेपालगञ्ज, बुटवल, धनगढी, घोराही, तुलसीपुर लगायत विभिन्न शहरमा निर्यात हुने गर्दछ । हाल सम्म कपुरकोटबाट तरकारी खरिदका लागि १४ जना व्यापारीहरु कृषि उपज बजार केन्द्रमा सुचिकृत भएका छन् ।
लोपोन्मुख सोह्रठी नृत्य भिडियो सहित
https://youtu.be/fxCUwMmYRKY
साभार ———- कवरखबर / शंकर के.सी.
प्रदेशीहरुको कथामा समर्पित गित फर्की आउदिन।
https://youtu.be/QQRitjKp7Q0
प्रकाशित मिति: २०२२-०७-२८ , समय : २०:०८:२३ , १ वर्ष अगाडि