अस्मिता डल्लाकोटीको शब्द, प्रदिप त्रिपाठी,लक्ष्मी कुमारी कार्की बटालाको स्वरमा तिज गित “किन्देउ माया” सार्बजनिक

Salyan Paribesh , ११७५  पटक हेरिएको

सल्यान / श्रावन,१३ – तुला राम डाँगी क्षेत्रि
पछिल्लो नेपाली सांगितिक बजार संगितमय बन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने वालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव एक महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको । बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् ।

सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच ।

सोही क्रममा तीज बिशेष नयाँ गीत “किन्देउ माया किन्देउ” सार्वजनिक भएको छ । यस गीतमा प्रदिप त्रिपाठी, लक्ष्मी कुमारी कार्की (बटाला) को स्वर रहेको छ भने अस्मिता डल्लाकोटीको शब्द, प्रदिप त्रिपाठीको संगीत रहेको छ ।

गितमा माया पिरतीका कुरा देखि लिएर ख्याल ठट्टा अनि अत्यन्तै मनोरम दृस्यको सुटिङ्ग देख्न सकिन्छ। तिजैमा लाउने सारी किन्देउ माया भन्दै आफ्नो महाराजालाई फ़काइएको उक्त गीतमा करण साउदको निर्देशन रहेको छ भने सुरेश कोलिको कोरियोग्राफी, रमित बोहराको छायांकन, बिनोद बमको सम्पादन रहेको छ । गीतको रोमान्चकता जस्तै भिडियो पनि निकै आकर्षक बनेको छ ।

प्रदेशीहरुको कथामा समर्पित गित फर्की आउदिन।

उक्त गीतको भिडियोमा चर्चित मोडलद्वय मञ्जिता केसि र टीका जैसिको अभिनय रहेको छ भने भुवन भट्टराई र सुरेश कोलिले अभिनयमा साथ दिएका छन् । सो गीतलाई प्रदिप त्रिपाठी अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतको भिडियो हेर्न तल क्लिक गर्नुस

आज साउन १३ गते शुक्रबार, हेर्नुहोस् तपाइको राशिफल

आज साउन १३ गते शुक्रबार, हेर्नुहोस् तपाइको राशिफल

लोपोन्मुख सोह्रठी नृत्य भिडियो सहित

प्रकाशित मिति: २०२२-०७-२९ , समय : ०२:५३:४८ , ६ महिना अगाडि