बाँके जिल्लामा अन्दाजी मुल्य रु.२¸६३¸५५०।– मुल्य बराबरको अवैध सामानहरु बरामद

Salyan Paribesh , ६०२  पटक हेरिएको

श्रावण १३ सल्यान । सशस्त्र प्रहरीले साढे २ लाखको विभिन्न सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं.३० गण हे.क्वा. बागेश्वरी बाँकेबाट खटिएको टोलीले नेपालगंज उपमहानगरपालिका १५ पिप्रहवा स्थित बाट अवैध रुपमा भन्सार छली ल्याएको विभिन्न सामान बरामद गरेको हो ।

प्रहरीले अवैध सुपारी,तत्ताकपडा,युरिया मल,तथा अन्य किराना सामानहरु अन्दाजी मुल्य रु.२¸६३¸५५०।– मुल्य बराबरको अवैध सामानहरु बरामद गरेको जनाएको छ।

बरामदका सामानहरु आवश्यक कारवाहीको लागी नेपालगन्ज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०७-२९ , समय : १०:१४:३७ , १ वर्ष अगाडि