Salyan Paribesh , ५२६ पटक हेरिएको
श्रावण १३ बैतडी ।बैतडीमा बञ्चरो प्रहार गरी छोराले बुवाको हत्या गरेका छन् ।
जिल्लाको डिलाशैनी गाउँपालिका–५ शेराका ६८ वर्षीय अन्तराम जोशीको आज विहान हत्या भएको हो ।
जोशीका छोरा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बञ्चरो प्रहार गरेको प्रहरीले जनाएको छ । टाउकोमै चोट लागेका अन्तरामको घटनास्थलमै मृत्यु भएको छ ।
बञ्चरो प्रहार गर्ने लोकराजलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२२-०७-२९ , समय : १०:५७:४९ , १ वर्ष अगाडि