सल्यानमा प्राथामिक तहका शिक्षक शिक्षिकाहरुलाई सिकाईकाे समावेशी ढाँचा सम्बन्धी तालिम

Salyan Paribesh , १०२१  पटक हेरिएको

सल्यान / साउन १४ – नेपालमा पहुँचयुक्त शैक्षिक स्रोतहरुको विस्तार (एलइएआरएन) परीयोजना अन्तरगत सिकाकाईको समावेशी ढाँचा सम्वन्धी ३ दिने दोस्रो चरणको शिक्षक तालिम शारदा नगरपालिका ६ वरला सल्यानमा सम्पन्न भएको छ ।

१ देखी ३ कक्षा सम्मका कार्यगत सिमितता तथा अपाङ्गता कारण पढाईमा कमजोर भएका वालवालिकाहरुको पठन र भाषिक सीपमा सुधार गर्ने तथा अपाङ्गता भएका बालबालिकाहरुलाई मुलधारका कक्षाकोठामा सक्रिय सह्भागी र–रमाइलो तरीकाले पढाई प्रबर्धन गर्नेको लागि तालिमको आयोजना गरीएको थियो ।

सुचना प्रविधिमा आधारीत (युडिएल) अबधारणगत कक्षा शिक्षणले सबै बालबालिकाहरु सिक्न सक्छन अबधारणालाई कक्षा शिक्षणमा प्रयोग गर्ने र विशेश गरी बौद्धिक दृष्टि तथा हेराइ तथा सुनाइ सम्बन्धी अपाङ्गता भएका बालबालिकाहरूलाई पढाई सिपमा सुधार गर्ने सकिन्छ भन्ने उदेश्यमा रहेर प्राथामिक तहका १ देखी ३ कक्षा सम्म पढाउने १९ जना शिक्षक शिक्षिकाहरुलाई तालिम दिएको हो ।

सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच ।
https://youtu.be/XvSn8tYdrrM

विश्व शिक्षाको आर्थिक तथा प्राविधिक सहयोगमा तथा अपाङ्ग सशक्त्तीकरण केन्द्र (डिइसी) सुर्खेतको आयोजनामा सञ्चालित परियोजना तालिम मिति २०७९ श्रावन १० देखी सुरु भएर १२ गते सम्म सञ्चान भएको हो ।

सिकाई परीयोजना लागु भएका सल्यान जिल्लाका ३ वटा पालिका शारदा नगरपालिका, सिद्द कुमाख गाउँपालिका र छत्रेश्वरी गाउँपालिकाका २० वटा स्कुल मध्ये वाट १० वटा सरकारी स्कुलका १ जना महिला शिक्षक तथा १ जना पुरुष शिक्षक गरी १९ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

परिस्थति सुहाउँदो भाषिक र पठन सीपको सुधारका लागि उपयुक्त शैक्षिक प्रविधिको सहयोगबाट अपाङ्गता भएका वालवालिकाहरू तथा अन्य १ देखी ३ कक्षा सम्का ति परियोजना लागु भएका विद्यालका सम्पर्ण वालवालीकाहरु लाभान्वित हुनेछन् ।

अपाङ्गताभएका वालवालिकाको भाषागत बिकास र पढाई स्तरमा बृधि गर्ने (युडिएल) र शिक्षा प्रविधि सम्बधी समेत प्रयोग हुने गरी वालवालिकाहरुलाई भाषागत र पढाई स्तरमा विकाश गर्नेको निम्त्ती तालिममा सहभागि विद्यालयहरुलाई १ विद्यालय वरवार २९ प्रकारका शैक्षिक सामाग्रिहरु हस्तानतरण गरीएको थियो ।

लोपोन्मुख सोह्रठी नृत्य भिडियो सहित
https://youtu.be/fxCUwMmYRKY

शैक्षिक सामाग्री हस्तानतरण तालिम समापनमा सिद्ध कुमाख गाउँपालिका सल्यानका उपाध्यक्ष राम बहादुर वस्नेतकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । समापन कार्यक्रममा बाेल्दै उपाध्यक्ष वस्नेतले तालिम प्राप्त शिक्षकहरुलाई आफुले सिकेका कुराहरु विद्यालमा गएर अरु बालवालिकाहरुलाई सिकाउने कुरामा कत्ति पनि कञ्जुसाई नगर्ने आग्रह गरे ।

आफुहरुले पनि आफ्ना गाउँपालिका भित्रका सबै विद्यालयहरुमा इनटरनेट जोड्ने, अपाङ्गता मैत्री भवन र कक्षाकोठा बनाउन पहल गर्ने तथा सबै सरकारी विद्यालयहरुमा अगामी दिनमा प्रविधी मैत्री बनाउन यस्तो प्रकारको योजना समावेश गर्ने प्रतिवद्धता जनाए ।

यसैगरी ३ दिनसम्म आफुले सिकेका कुराहरुको अनुभव बारेमा बाेल्दै शिव प्राथामिक सिमताराका शिक्षक मंगलु चलाउनेले सजिलो र रमाईलो तरीकाले तालिममा धेरै कुरा सिक्न पाएकोमा खुसी व्यक्त गरे । आफुले तालिममा सिके अनुसार विद्यालमा गएर आफ्नाे ज्ञान तथा सिप प्रयोग गर्ने उनकाे भनाइ थियाे ।

प्रदेशीहरुको कथामा समर्पित गित फर्की आउदिन।
https://youtu.be/QQRitjKp7Q0

तालिममा सहभागी लक्ष्मी प्रथामिक सल्यानकी प्रधानाध्यापक गोमा केसीले धेरै महत्वपुर्ण, सजिलो र वुझने तरिकाले पढाउन सकिनेगरी तालिममा सिकेकाे बताइन् ।

समापन कार्यक्रमका अध्यक्ष शिक्षक खिम वहादुर खड्काले यो तालिम लिन पाएकोमा आफुहरु धेरै नै खुशी भएको र विध्यालयमा जाँदा अबका दिनमा विद्यार्थिहरुलाई रमाईलो सबै वालवालिकाहरुलाई ध्यान दिएर उनिहरुले कसरि सिक्न सक्छन त्यसरी नै पढाउन मा आफुहरुले जोड दिने बताए । आगामि दिनमा पनि यस्तै तालिमहरु बेलावेलामा दिन आयोजक टिमलाई आग्रह गरे ।

तालीममा मान वहादुर वुढाथोकी र ग्रिस ठाकुर गरी २ जना प्रशिक्षकले शिक्षकहरुलाई तालिम दिएका थिए ।

< यहा क्लिक गरि आज साउन १४ गते शनिबार, हेर्नुहोस् तपाइको राशिफल >

सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच ।
https://youtu.be/4TDGUbnwx-0

प्रकाशित मिति: २०२२-०७-३० , समय : ०४:०८:१९ , १० महिना अगाडि