Salyan Paribesh , ४९२ पटक हेरिएको
श्रावण १४ सल्यान ।नेपालगंजको आदर्शनगरबाट १ लाख ७२ हजारको विभिन्न सामान प्रहरीले बरामद गरेको छ ।
शुक्रबार वडा प्रहरी कार्यालय नेपालगंज बाँके बाट खटिएको प्रहरी टोलीले उक्त सामान बरामद गरेको हो ।
प्रहरीका अनुसार, बिशेष सूचनाको आधारमा भारत रुपैडिहा बाट भन्सार छली कुर्ता सुरुवाल कपडा (सुट) ७१ थान, कुर्ति ४२ थान,फराक ५ थान, चिनी ७० के.जी. महेश दालमोठ १९ पोका,नरिवल समेतका सामानहरु ल्याउँदै गरेको अवस्थामा बरामद गरेको हो ।
उक्त सामानको मूल्य करीब रु १७२०००।– (एक लाख बहत्तर हजार) बराबरको रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२२-०७-३० , समय : १०:३५:१९ , १ वर्ष अगाडि