मोर्क देखी बालुवा सडक खण्ड अबरुद्ध भएपछि वडा अध्यक्ष राणा र खड्काको पहलमा सुचारु

Salyan Paribesh , ५८७  पटक हेरिएको

शिवालय श्रावण १४।जाजरकोटको शिवालय गाउँपालिका वडा नं ९, स्यानीबग्रीमा पहिरो खस्दा अवरुद्ध भएको मोर्क देखी बालुवा खण्डको सडक करिब २४ घण्टा पछि आज (शनिवार) पुर्ण रुपमा खुलेको छ ।

शिवालय गाउँपालिका वडा नं १का वडा अध्यक्ष नर बहादुर राणा ९ का वडा अध्यक्ष दिपक खड्काको पहलमा मोर्क देखी बालुवा सडक खुलाउन २ वटा डोजरको प्रयोग गरि पहिरो हटाइ दुईतर्फी सडक सुचारु गरिएको छ।

विहिवार राति पहिरो खसेको भए पनि शुक्रबार मात्रै आफुलाई जानकारी आएको अध्यक्ष खड्काले जानकारी दिएका छन् । मोर्क देखी बालुवा खण्डको सडक पहिरो खसेपछि सयौं सवारी जाममा परेका थिए ।

अहिले सवै सवारी गन्तव्य तर्फ लागेका छन ।

सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच ।

 

प्रकाशित मिति: २०२२-०७-३० , समय : १२:२३:३७ , १ वर्ष अगाडि