दिल बिक्रम का तीन गजल:बहादुरी देखाउनु पर्छ

Salyan Paribesh , ३५७  पटक हेरिएको

गजल
केही सम्झाउनु पर्छ, केही बुझाउनुपर्छ
खुशी नभएकालाई खुशी बनाउनुपर्छ

बा भन्छन्, बैमानी नगर राम्रो बन्नु छोरा
तेरो बाको शिर झुक्न बाट बचाउनुपर्छ

मेरो मस्त निद्राको सपनाहरु सँगै प्रिय
तिमी मिठा मिठा बात गर्न आउनुपर्छ

देशको सिमा मिच्न खोज्ने सत्रुहरु सँग
साच्चै ‘बिक्रम’ ले बहादुरी देखाउनुपर्छ

गजल
बिकास भएको छैन भ्रष्टाचार भएको छ
माओवादी कांग्रेसकै सरकार भएको छ

कस्तो देश हो यो कस्तो सरकार रैछ कुन्नी
पढे लेखेकै युवाहरु बेरोजगार भएको छ

विल्कुल उ बाट मैले पाउनै सक्या छैन
म बाट उसलाई औधी प्यार भएको छ

यो मन छिया छिया हुने गरेर उनै बाट
वचनको दिलमा छुरा प्रहार भएको छ

गजल

मन मनको दुरी नजिक आफै हुन्छ
यहि हो पिरतिको प्रतीक आफै हुन्छ

सम्हाल्नै नसकेको यो मनलाई पनि
तिमी हुँदा साथैमा ठिक आफै हुन्छ

यो ‘बिक्रम’ ले यति लेखेर छोडिदियो
पढ्नु यो गजल मार्मिक आफै हुन्छ

प्रकाशित मिति: २०२२-०७-३० , समय : १३:४९:५७ , १० महिना अगाडि