Salyan Paribesh , ८१३ पटक हेरिएको
श्रावण १५ सल्यान ।एसइई परीक्षा (एसइई)को ग्रेडवृद्धि (पुरक) परीक्षाका लागि आवेदन खुला भएको छ ।
२०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ ५ गतेसम्म आवदेन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
विद्यार्थीले बढीमा दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाउने व्यवस्था छ । परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५०० राजश्व तिरी सम्बन्धित विद्यालयमा फाराम भर्न सक्नेछन् ।
परीक्षा भदौको ११ र १२ गतेका लागि तय भएको छ । पहिलो दिन अनिवार्य अंग्रेजी र एउटा मात्रै विषयको परीक्षा दिनहरूको परीक्षा हुनेछ । साथै, दुई विषयको परीक्षा दिनेहरूले सानो कोड भएको विषयको परीक्षा ११ गते नै दिनुपर्नेछ ।
प्रकाशित मिति: २०२२-०७-३१ , समय : १०:५६:०६ , १ वर्ष अगाडि