Salyan Paribesh , ९६१ पटक हेरिएको

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड (NADEP) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ११ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.९६ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १६ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १७.९५ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी १४.८८ प्रतिशत घटेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ४७.७५ प्रतिशत घटेको छ।
खुद नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ ५८ पैसा घटेर २३ रुपैयाँ ४९ पैसामा सीमित भएको छ। दोस्रो बजारमा लघुवित्तको शेयर कारोबार हाल रोक्का रहेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ८४ पैसा रहेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजीमा कुनै परिवर्तन भएको छैन भने जगेडा कोष ३६.८२ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ४.७८ प्रतिशत, निक्षेप १४.७० प्रतिशत र कर्जा १३.४४ प्रतिशत बढेको छ।
साभार: मेरो लगानी
प्रकाशित मिति: २०२२-०८-०१ , समय : ११:३९:५१ , १ वर्ष अगाडि