नेपाली कांग्रेस जिल्ला कार्य समिती जाजरकोटको नियमित बैठकमा समाहित नेता नगेन्द्र शाह लाई सम्मान श्रावण २० र २१ गते जाजरकोटको सभाहलमा उपस्थित हुन सादर अनुरोध

Salyan Paribesh , ८८४  पटक हेरिएको

श्रावण १६ जाजरकोट ।नेपाली कांग्रेस जिल्ला कार्य समिती जाजरकोटको नियमित बैठक  पार्टी कार्यालय बिपि गणेशमान स्मृति भवन थाप्लेमा सम्पन्न भएको छ ।बैठकमा नेपाली कांग्रेसमा भर्खरै समाहित हुनुभएका नेता नगेन्द्र शाह लाई नेपाली कांग्रेस जिल्ला कार्य समिति जाजरकोटले हार्दिक स्वागत अनि सम्मान गरेको छ।

बैठकबाट श्रावण २० र २१ गते जिल्ला समन्वय समिती जाजरकोटको सभाहलमा कर्णाली प्रदेशका माननीय मुख्यमंन्त्री जीवन बहादुर शाही को प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य राजीव बिक्रम शाह, नेपाली कांग्रेस कर्णाली प्रदेश कार्य समितीका सभापती ललितजंग शाही, प्रदेश कार्य समितीका पदाधिकारीहरुको समुस्पथितिमा जनप्रतिनिधीहरुलाइ सम्मान तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न हुने भएको छ।

उक्त कार्यक्रममा प्रदेश कार्य समितीका सदस्यहरु, जिल्ला कार्य समितीका पदाधिकारी एबंम सदस्यहरु, पालिका सभापती एबंम पदाधिकारीहरु वडा कार्य समिती सभापतीहरु तथा पार्टीको तर्फबाट विभिन्न तह र पदमा निर्वाचित सम्पूर्ण जनप्रतिनिधीहरुलाइ अनिवार्य उपस्थितिका लागि सादर अनुरोध गरीएको नेपाली कांग्रेस जिल्ला कार्य समिती उपसभापति खड्क बि सीले जानकारी दिएका हुन् ।

सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच

लोपोन्मुख सोह्रठी नृत्य भिडियो सहित

प्रदेशीहरुको कथामा समर्पित गित फर्की आउदिन।

प्रकाशित मिति: २०२२-०८-०१ , समय : १९:०१:३५ , १ वर्ष अगाडि