Salyan Paribesh , ११३१ पटक हेरिएको

श्रावण १७ सल्यान ।जून तारा साहित्य समाज र रेडियो सुनकोसी एफ एम ९० मेगाहर्जको सहकार्यमा हरेक हप्ताको आइतबार राति ९:१५-१०:०० बजे सम्म कार्यक्रम मनभित्र गुम्सिएका भावनाहरु सञ्चालन हुने भएको छ।
`नेपाली साहित्यको उत्थान सर्जकको सम्मान,जून तारा साहित्य समाजको छुट्टै पहिचान´ भन्ने नारालाई आत्मसात गर्दै २०७६ साल देखि सञ्चालनमा आएको जून तारा साहित्य समाजले विभिन्न समयमा विभिन्न अनलाइन कार्यक्रम प्रतियोगिता र पुस्तक सम्म प्रकाशित गरिसकेको छ।कार्यक्रम सुनकोसी एफ एम र जून तारा साहित्य समाज युट्युब च्यानलबाट प्रस्तोता दिलिप कुमार श्रेष्ठ को साथमा सुन्न सकिन्छ।
कार्यक्रमको लागि रचना जून तारा साहित्य समाजको मेसेज बक्स,कार्यक्रम सञ्चालक तथा प्रस्तोता दिलिप कुमार श्रेष्ठ को मेसेज बकस र जून तारा साहित्य समाजको महासचिव श्याम कुमार श्रेष्ठ को मेसेज बक्समा शनिबार राती १० बजे सम्म पठाइसक्नु पर्नेछ।
उत्कृष्ट रचना छनोट गरेर टप ३ भित्र पर्नुहुने सहित्यकार लाई प्रमाणपत्र प्रदान गरिने छ।
रचना पठाउँदा शुद्ध नेपाली भाषामा र आफ्नो नाम ठेगाना स्पष्ट लेख्नु पर्नेछ।कसैको रचना कपि वा चोरी गरेको पाइएमा उक्त रचनाको जवाफदेही स्वयम् सर्जक आफै हुनुपर्ने संस्थाका महासचिव श्याम कुमार श्रेष्ठ ले जानकारी दिनुभएको छ।
यो पनी पढ्नुहोस
सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच ।
प्रदेशीहरुको कथामा समर्पित गित फर्की आउदिन।
प्रकाशित मिति: २०२२-०८-०२ , समय : १७:०१:३१ , ८ महिना अगाडि