साफ यु-२०: भारत फाइनलमा, बाहिरियो नेपाल

Salyan Paribesh , ५५१  पटक हेरिएको

काठमाडौं । नेपाल भारतमा जारी साफ यु-२० च्याम्पियनसिपको लिगचरणबाटै बाहिरिएको छ । मंगलबार बेलुकी भएको लिगचरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० गोलले पराजित गरेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

कालिंगा रंगशालामा भएको खेलमा शुरुवात देखिननै माल्दिभ्सलाई दबाबमा राखेपनि भारतले अन्तिम समयमा गोल गर्दै जीत निकालेको हो । भारतलाई जीत दिलाउन गुरकित सिहंले ९० औं मिनेटमा निर्णायक गोल गरे ।

जीतसँगै भारत ४ खेलबाट ९ अंक जोड्दै लिगचरणमा दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । चार खेलबाट ७ अंक जोडेको नेपाल तेस्रो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गर्दा बंगलादेश समान खेलबाट १० अंक जोड्दै शिर्ष स्थानमा रहेर फाइनल पुग्यो ।

प्रदेशीहरुको कथामा समर्पित गित फर्की आउदिन।

प्रतियोगिताको शुरुवाती दुई खेलमा माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० गोलले पराजित गरेको नेपालले तेस्रो खेलमा भारतसँग ८-० गोलको लज्जास्पद हार बेहोरेको थियो । भारतसँगैको हारसँगै नेपालको फाइनल पुग्ने आशा पातलिदै गएको थियो । आजै भएको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै प्रतियोगिताको अन्त्य गरेको हो ।

नेपालसँगै माल्दिभ्स र श्रीलंकापनि लिगचरणबाटै घर फर्किएका छन् । अब उपाधिका लागि शुक्रबार घरेलु टोली भारत र बंगलादेश भिड्नेछन् । लिगचरणको खेलमा बंगलादेशले भारतलाई २-१ गोलले पराजित गरेको थियो ।

हेर्नुहोस् तपाइको राशिफल

साफ यु-२०: भारत फाइनलमा, बाहिरियो नेपाल

 

लोपोन्मुख सोह्रठी नृत्य भिडियो सहित

 

सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच ।

प्रकाशित मिति: २०२२-०८-०३ , समय : ००:४२:५९ , ८ महिना अगाडि