भ्रामक र तथ्यहिन समाचार प्रकासन गरेको भन्दै प्रेस काउन्सिलमा मुद्दा दर्ता गर्दै उपाध्यक्ष भण्डारी

Salyan Paribesh , १२८२  पटक हेरिएको

सल्यान / साउन, १८ तुला राम डाँगी क्षेत्रि
कपुरकोट–नीगालपानीमा सञ्चालन हुने सिमेन्ट उद्योगका ट्रिपर रोकिएको विषयमा विभिन्न आरोप लागेपछि कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले त्यसको खण्डन गर्दै बुधबार एक प्रेस विज्ञप्ती जारी गरेका छन्।

उनले गाउँपालिकाको उपाध्यक्षले दादागिरी देखाउदै चुनाव खर्च उठाउन सिमेन्ट उद्योगका गाडी सञ्चालनमा रोक लगाएको र चन्दा नदिएपछि उपाध्यक्ष भण्डारीले एकराज वली र सन्तोष बुढाथोकी प्रयोग गरेर सडकमा कम्पनीका गाडी संचालनमा रोक लगाएको भन्दै नेपाल समाज अनलाईनमा समाचार प्रकासन भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘गाउँपालिका उपाध्यक्ष पदको गरिमा तथा लोकप्रियतामा धक्का दिने दुष्प्रयास सहित अनुचित फाईदा उठाउने, व्यक्तिगत स्वार्थपुर्ति गर्ने र कसैलाई अनुचित लाभ वा हानि पु¥याउने नियत राखी पत्रकारिताको पेशागत मर्यादालाई समेत पूर्ण रुपमा लत्याएर प्रकासित उक्त समाचारप्रति आपत्ति प्रकट गर्दछु ।

यो मेरो राजनितिक ,सार्वजनिक र ब्यक्तिगत चरित्र हत्या गर्ने मेरा विरोधीहरुको नियोजि षडयन्त्र हो । भ्रामक र तथ्यहिन समाचार प्रकासन गर्ने अनलाईन विरुद्ध प्रेस काउन्सिलमा मुद्दा दर्ता गरी कानुन अनुसार कारवाही प्रक्रिया अगाडी बढाइने उनले जनाए ।

सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच ।
https://youtu.be/4TDGUbnwx-0

त्यस्तैगरी नेपाली काङ्ग्रेस कपुरकोट गा.पा.का सभापति, नेपाल तरुण दल २ का सभापति एगराज ओलि र नेपाल तरुण दल २ का उप सभापति सन्तोष बुढाथोकी समेतको नाम सम्प्रेसन गरेकोमा नेपाली काङ्ग्रेस कपुरकोट गा.पा.का पूर्वसभापति, दुर्गा गिरि लगायत धेरैले यतिबेला सामाजिक संजाल मार्फत उक्त समाचारप्रति आपत्ति प्रकट गरेका छन्

प्रदेशीहरुको कथामा समर्पित गित फर्की आउदिन।
https://youtu.be/QQRitjKp7Q0

लोपोन्मुख सोह्रठी नृत्य भिडियो सहित
https://youtu.be/fxCUwMmYRKY

सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच ।
https://youtu.be/XvSn8tYdrrM

हेर्नुहोस् तपाइको राशिफल

भ्रामक र तथ्यहिन समाचार प्रकासन गरेको भन्दै प्रेस काउन्सिलमा मुद्दा दर्ता गर्दै उपाध्यक्ष भण्डारी

प्रकाशित मिति: २०२२-०८-०३ , समय : २०:२६:२० , १ वर्ष अगाडि