दल बुढाको कम्मरै भाचेर पछिको ´छाता ओडाइदेउ`तिज गित सार्वजनिक (भिडियो सहित)

Salyan Paribesh , ४४९  पटक हेरिएको

दिल बिक्रम शाही
श्रावण १९, जाजरकोट ।जाजरकोटको भेरी नगरपालिका १० भुरमा जन्मेका दल बुढा फेरी गितसंगितमा यात्रा गर्न थालेका छन् ।उनले २०७५ सालमा निरमाया भयौ बिरानी गित र कम्मरै भाचेर गित सार्बजनिक गरेका थिए।बिचमा बुढा फेरी गित संगित बाट टाढा रहेका थिए।उनले २०७९सालमा पिरतिको मूल्य सँगै तिज गित छाता ओडाईदेउ भख्खरै सार्बजनिक गरेका छन् ।यो पनि क्लिक गर्नु होलाhttp://https://youtu.be/wOGaN7XTMJI

उक्त गितमा चर्चित लोकप्रिय गायिका सुनिता बुढा र नरेन्द्र संरगमले आवाज दिएका छन् । शब्द सिर्जना छवि नेपालले गरेका छन भने,लय सिर्जना दल बहादुर बुढाले गरेका हुन् ।उक्त गितलाई मुर्चुङ्गा रेकर्डिङ स्टुडियो बाट निर्माण गरिएको छ।

गितको म्युजिक एरेन्ज पुर्ण सम्योगले गरेका छन् ।उक्त गितलाई रेकर्डिङ गोबिन्द ओलि रोल्पालीले गरेका हुन भने मिक्सिङ्ग संजय श्रीपालले गरेका छन् ।

उक्त गितको भिडियो निर्देशन हरिश बिजलाजी र सह निर्देशन भुपेन्द्र राणाले गरेका छन ।नृत्य निर्देशन दिलिप राई र सह नृत्य निर्देशन निल पुनले गरेका हुन् ।छायांकन हरिश महरा र सम्पादक भुपेन्द्र रानाले गरेका छन।भिडियोमा कृष क्षेत्री,नरेन्द्र संरगम,कल्पना भण्डारी र दिपिका दिपिका लगायतको देख्न सकिन्छ। उक्त गितको भिडियो चांपी अनलाइन युट्युब मार्फत बजारमा सार्बजनिक छ।भिडियो हेर्न लिंक क्लिक गर्नु होला।http://https://youtu.be/Ivt7Ro3eMEY

प्रकाशित मिति: २०२२-०८-०४ , समय : १६:२१:२५ , ८ महिना अगाडि