Salyan Paribesh , २३२८ पटक हेरिएको

साउन २१ सल्यान – नेत्र विक्रम चन्द `विप्लव´ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानका नेता लोकपाल केसी (महेन्द्र) बिहीबार बिहान मृत अवस्था फेला परे । सल्यानको बागचौर नगरपालिका १० मोख्ला नजिकैको भीरमा उनी मृत अवस्थामा फेला परेका हुन् ।
गोरेटो बाटोको छेउबाट लडेको जस्तो देखिने उनी गोरेटो बाटोदेखि करिब ३५ मिटर तल बाँझो खेतमा मृत अवस्थामा फेला परेका हुन् । बिहान घाँस काट्न पुगेका स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सुरुमा प्रहरी टाेली र अन्य मानिसहरु घटनास्थल पुगेर घटनास्थलकाे अनुगमन र प्रारम्भिक अनुसन्धानबाट लडेर मृत्यु भएको भन्ने थियो । तर पाेष्टमार्टमका लागि शव लिन खाेज्दा परिवारले हत्या भएको भन्दै शव उठाउन नदिएपछि जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी नायव उपरीक्षक सुमित खडका र जिल्ला अस्पताल सल्यानबाट डाक्टरकाे टाेलि आएर घटनालाई अनुसन्धान गर्ने भनेपछि पाेष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लिइएको थियाे ।
सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच ।
तर मृतकका परिवारले हत्या भएको आशंका रहेकाे भन्दै सोही दिन सँगै रहेका छत्रेश्वरी गाउँपालिका -१ का टोप बहादुर खत्री विरुद्ध किटानी जाहेरी दिए । किटानी जाहेरी पछि प्रहरीले अनुसन्धानका लागि खत्रीलाई पक्राउ गरेर अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
घटना कसरी भएको थियो ?
श्रोतका अनुसार मृतक लोकपाल केसी साउन १८ गते दिउँसो बागचौर नगरपालिकाको थारमारेमा थिए । लोकपाल सँगै टोपबहादुर र सो पार्टी केही कार्यकर्ताहरु सँगै बसेर थारमारेमा रक्सी खाए ।
उनिहरुले अत्याधिक मदिरा सेवन गरेपछि घर जाने निधो गरे । सुरुमा सँगै बसेका बागचौरका दुईजना कार्यकर्ता छुट्टिए । त्यसपछि लोकपाल, टोप बहादुर र रोल्पा गंगादेवका अन्य दुईजना गरी जम्मा ४ जना सँगै रहे ।
टोपबहादुरको घर र रोल्पाका दुईजनाको घर नजिकै पर्छ । जनसहारा अनलाइनको सम्पर्कमा आएका रोल्पाका एकजनाले भने, ‘ठ्याक्कै समय याद छैन्, करिब ४ देखि ६ बजेको बीचको समय थियो होला । हामी सबैलाई रक्सी लागेको थियो । लाेकपाललाई झन बढी थियो । हामीले दाई आज हाम्रो घर जाउँ भनिम् । उहाँले म स्यानीखाल गिर्दलका घर जानुछ भन्नू भयो ।’
आफुहरुले आफ्नो घर जाउँ भनेर धेरै आग्रह गरेको भएपनि लोकपालले गिर्दलको घर जान्छु भनेपछि थारमारेबाट छुट्टिने निधो भएको ती व्यक्तिले बताए । ‘त्यसपछि हामी तिनजना घर जाने र लोकपाल स्यानीखाल जाने भन्ने कुरा भयो । हामीले उहाँलाई मोख्लासम्म गाडीमा जानुहोस् भनिम् । र हामी थारमारेबाट हिड्दै खत्रीगाउँ पुगेर हाम्रै भाइसन्तानको घर बास बसिम ।’
त्यसपछि के भयो ?
साँझ सात आठ बजेको आसपासमा लोकपाल मोख्ला बजारमा पुगे । मोख्लाका स्थानीयहरुले लोकपाललाई एक्लै देखेपछि लोकपालका भान्ज ज्वाईं दिपक बोहरालाई फोन गरेर खबर गरे । दिपक बोहराले पटकपटक लोकपाललाई फोन गर्दा उनले उठाएनन् ।
लोकपाल एक्लै गिर्दल भन्नेको घर जाने बाटो तिर जान लागेको मोख्लाका स्थानीयहरुले प्रहरीलाई बयान दिएका छन् । त्यसबेला उनलाई मदिरा धेरै लागेको र राम्रोसँग हिड्न नसकेको मोख्लाका स्थानीयहरुले दिएको बयानमा छ ।
गिर्दल पनि नेकपाका जिल्ला कमिटी सदस्य हुन् । लोकपाल अन्य बेला पनि गिर्दलको घर गएर बस्ने गर्थे । तर त्यो दिन लोकपालले गिर्दललाई आउँछु भनेर फोन भने नगरेको गिर्दल बताउँछन् ।
मोख्लाबाट गिर्दलको घर करिब डेढदेखि दुई किलोमिटर भित्र पर्छ । स्यानीखाल जाने मुल सडकलाई छोडेर अलिकति उकालो लागेर गोरेटो बाटो हिडनुपर्छ । लोकपालको शव त्यहि गोरेटो बाटो छेउको भीरको ३५ मिटर तल बाँझो खेतमा भोलिपल्ट बिहान फेला परेको थियो ।
के कारण पक्राउ परे टोपबहादुर ?
बिहान शव फेला परेपछि प्रहरी सहित धेरै जना घटनास्थलमा पुगे । त्यसपछि सबैले अघिल्लो दिन दिउँसो लोकपाल कहाँ बसेका थिए भन्नेकुरा खोजि गर्न थाले ।
लोकपाल सँगै बसेका बागचौरका साथीले आफुहरु सँगै बसेर रक्सी खाएको कुरा खुलाए । आफुहरु त्यहाँबाट छुट्टिएको र त्यसपछि टोपबहादुर र रोल्पाका दुईजना सँग लोकपाल सँगै भएको उनिहरुले बताए ।
त्यसपछि घटनास्थलमा भएकाहरुले टोपबहादुरलाई फोन गरे । टोपबहादुरले भने आफ्नो लोकपालसँग १५ दिनदेखि भेट नभएको बताए । लोकपालका लागि ज्यान दिन पनि पछि नपर्ने टोपबहादुर दिउँसोसम्म घटनास्थलमा पनि आएनन् ।
लोपोन्मुख सोह्रठी नृत्य भिडियो सहित
त्यसपछि धेरैले टोपबहादुर तिर आशंका गर्न थाले । घटनास्थलमा भएका परिवार टोपबहादुरप्रति आक्रोशित भए । उनिलाई अनुसन्धान गर्ने प्रहरीले पनि वचन दियो । त्यसपछि शव पोष्टमार्टमका लागि खलंगा तर्फ लगियो ।
त्यो दिन पनि अत्याधिक मदिरा खाएका टोपबहादुर होसमा थिएनन् । घरबाट श्रीमती र छोरी भागेर गएकाले आफू तनावमा भएको कारण मदिरा खाने गरेको टोपबहादुरले गाउँमा बताउने गर्थे ।
घटनास्थलबाट धेरैले फोन गरेपछि टोपबहादुर सहित रोल्पाका दुईजना दिउँसो घरबाट घटनास्थल पुग्छु भन्दै दमाचौर सम्म हिड्दै आएका थिए । दमाचौर आएका उनिहरुलाई प्रहरीले घटनास्थलमा भएका मानिसहरु आक्रोशित छन् भन्दै इलाका प्रहरी कार्यालय थारमारे लग्यो ।
लोकपाल र टोपबहादुरको सम्बन्ध कस्तो थियो ?
टोपबहादुर नेकपाका जिल्ला कमिटी सदस्य हुन् । लोकपालले पार्टी भित्र सबैभन्दा विश्वास गर्ने व्यक्ति टोपबहादुर नै थिए । र टोपबहादुरले पनि सबैभन्दा नजिकको नेता लोकपाललाई नै मान्थे ।
टोपबहादुर लोकपालको घरमा धेरै बस्थे भने लोकपाल पनि टोपबहादुरको घर धेरै पटक जानेआउने गर्थे । उनिहरुको सम्बन्ध यतिसम्म थियो कि टोपबहादुरले लोकपाललाई आफ्नो श्रीमती र बुबाभन्दा पनि नजिकको सम्झिन्थे । त्यहि भएर लोकपालले पनि उनैलाई विश्वास गर्थे ।
नेकपाका एकजना जिल्ला कमिटी सदस्यले भने, ‘पार्टीको बैठकमा कसैले टोपबहादुरको बिरोध गरेपछि लोकपालले बचाउ गर्नुहुन्थ्यो । र लोकपालको बिरोध गरेपछि टोपबहादुरले बचाउ गर्नुहुन्थ्यो ।’
उनले थपे, ‘टोपबहादुरले नै लोकपालको हत्या गरे भनेर कल्पनै गर्न सकिन्न । तर टोपबहादुरले सँगै बसेर रक्सी खाएर पनि लोकपालसँग भेट भएको छैन् भने
प्रदेशीहरुको कथामा समर्पित गित फर्की आउदिन।
साभार —–
जनसहारा संवाददाता
यो पनि पढ्नुहोस
त्रि.ज.मा.वि माल्नेटामा विद्यालय व्यवस्थापन समिति गठन सम्पन्न
Nepali Village Women Open Bathing
सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच ।
प्रकाशित मिति: २०२२-०८-०६ , समय : ०१:४७:११ , १ वर्ष अगाडि