Salyan Paribesh , ६६२ पटक हेरिएको
श्रावण २१ शिवालय ।जिल्लाको शिवालय गाउपालिकाको थालारैकरमा वि.सं.२०१२ सालमा स्थापनामा रहेको श्री इन्द्रज्योति मा.वि बिद्यालयको नंया भवन निर्माण भएको छ। ४६ लाख गाउपालीकाको आर्थिक सहयोगमा उक्त भवन निर्माण भएको इन्द्र ज्योति मा.वि विद्यालयका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोद शाहीले जानकारी दिए छन् ।
६ कोठे भवन निर्माणपश्चात विद्यार्थीलाई बस्नलाई सहज हुने भएको छ । नवनिर्मित भवनमा कक्षा १ देखि ६ सम्मका विद्यार्थी बस्ने भएका छन ।
शिवालयका सामुदायिक विद्यालयहरुमध्ये इन्द्र ज्योति मावि पछिल्लो समय अब्बल बन्दै गएको छ । शिक्षा कार्यालयले पनि पटक अनुगमन गर्दा भौतिक व्यवस्थापन, सरसफाइ, कक्षाकोठा व्यवस्थापनमा इन्द्र ज्योति मावि उत्कृष्ट रहेको र शैक्षिक सुधारमा कमि भएको बताएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाहीले यो विद्यालयलाई पालीकाकै नमुना विद्यालयका रुपमा अगाडी बढाउन र सामुदायिक विद्यालयले पनि निजी विद्यालय जस्तै गर्न सक्ने उदाहरण बन्नको लागी आफूहरु लागिपरेको बताए ।
उनले भने ´आफु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भएको करिब चौध महिना भएको र चौध महिनाको कार्यकालमै ६ लाखको फिल्ड निर्माण,१४ लाखको ३ कोठे भवन निर्माण गर्न सफल भएको र अरु निर्माणधीन अवस्था रहेको उनको भनाई छ ।`
प्रकाशित मिति: २०२२-०८-०६ , समय : ०९:५९:०६ , १ वर्ष अगाडि