Salyan Paribesh , १२०१ पटक हेरिएको

सल्यान / सुन २१ – नेत्रविक्रम चन्द `विप्लव´ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानका नेता लोकपाल केसीको मृत्यु प्रकरणमा एकजना पक्राउ परेका छन् ।
केसी मृत फेला परेको अघिल्लो दिन दिउँसो लोकपाल सँगै रहेका उनका साथी टोप बहादुर खत्री विरुद्ध परिवारले किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
छत्रेश्वरी गाउँपालिका–४ झिम्पे ठूलीखर्क घर स्थायी ठेगाना भएका लोकपाल केसी बिहीबार बागचौर नगरपालिका–१० मोखला नजिकै मृत फेला परेका थिए । घटनास्थलकाे प्रकृति अनुसार प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट लडेर मृत्यु भएको अनुमान गरेपनि मृतक केसीका छाेराले किटानी जाहेरी प्रहरीलाई दिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
मृतक केसीका छाेरा लोकेश कुमार केसीले दिएकाे जाहेरी अनुसार साउन १८ गते अर्थात बुधबार दिउँसो आफ्नो बुबा संगै थारमारे बजारमा संगै बसि मदिरा सेवन गरि मोखला बजार तर्फ जाने भनि संगै हिडेका टोप बहादुर खत्रीले कर्तब्य गरि मारेको शंका लागेकाे भन्दै किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले बताए।
जाहेरीपछि टोप बहादुरलाई पक्राउ गरि कर्तब्य ज्यान मुद्दा शिर्षकमा मुद्दा दर्ता गरि जिल्ला अदालत सल्यानबाट कर्तब्य ज्यान मुद्दामा पाँच दिनकाे म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक खनालले बताए।
Nepali Village Women Open Bathing
यो पनि पढ्नुहोस
त्रि.ज.मा.वि माल्नेटामा विद्यालय व्यवस्थापन समिति गठन सम्पन्न
सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच ।
प्रकाशित मिति: २०२२-०८-०६ , समय : १३:२८:०७ , १ वर्ष अगाडि