Salyan Paribesh , ८६० पटक हेरिएको
स्याङ्जा श्रावण २१। स्याङ्जामा एक महिलाले ६ महिनाको छोरीलाई जंगलको छेउमा छाडी अर्कै पुरुषसँग मस्ती गर्दै हिँडेको अवस्थामा महिला पुरुष दुवैलाई प्रहरीले पक्राऊ गरेको छ ।
स्याङजा गल्याङ नगरपालिका वडा नंवर २ ईलुङगा बस्ने मिन बहादुर रानाको श्रीमती बर्ष २२ कि लक्ष्मी राघ र जिल्ला पाल्पा रामपुर नगरपालिका वडा नम्बर १० कुमाल गाउ बस्ने बर्ष २२ को केदार कुमाल पक्राऊ परेका हुन् ।
मिन बहादुर रानाको श्रीमती लक्ष्मी राघ २०७९/४/१० गते कोही कसैलाई नसोधि साथमा ६ महिनाको छोरी सहित सम्पर्क बिहिन भएकी थिइन्। त्यसलगत्तै साउन १२ गते राघ की ससुराले प्रहरी चौकी गल्याङमा सम्पर्क बिहिन भएकी भनी निवेदन दिएको प्रहरीले जनाएको छ ।
अनुसन्धान कै क्रममा केदार कुमालसंग भागि बिबाह गरेको भन्ने सूचनाको आधारमा उनीहरू दुवै जनालाई २०७९/०४।२० गते गल्याङ बजारमा फेला पारी प्रहरीले पक्राऊ गरेको हो ।
दुवैलाई वडा प्रहरी कार्यालय वालिङमा ल्याई लक्ष्मी राघसंग सोधपुछ गर्दा ६ महिनाको छोरीलाई १० गते राति गल्याङ नगरपालिका वडा नंवर २ जिरो स्थित जंगलको छेउमा छाडेर आफु त्यहाँ बाट गएको बताएको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा खोजतलास गर्दा हाल सम्म बच्चा फेला नपरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२२-०८-०६ , समय : १४:०१:१८ , १ वर्ष अगाडि