Salyan Paribesh , ८२७ पटक हेरिएको
कैलाली श्रावण २२।कैलालीमा एक युवक झुन्डिएको अवस्थामा फेला परेका छन ।
प्रहरीका अनुसार आइतबार बिहान जिल्लाको गोदावरी नगरपालिका–३ मुक्तिकमैया शिविर बस्ने ३५ वर्षीय श्याम चौधरी मृत फेला परेका हुन ।
उनी आफ्नै घरको आँगनमा रहेको जामुनको रुखमा प्लास्टिकको डोरीले पासो लगाएको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२२-०८-०७ , समय : १०:२७:५० , १ वर्ष अगाडि