खर्चालु ढंगबाट कुमारले ल्याए तीज गीत “न घरवार न दरवार”

Salyan Paribesh , ७०५  पटक हेरिएको

सल्यान / साउन, २२ –  लोकप्रिय लोक तथा दोहोरी गायक कुमार कार्की र चर्चित लोक तथा दोहोरी गायिका शान्ति  श्री परियारको सुमधुर स्वरमा  “न घरवार  न दरवार” बोलको तीज गीत भर्खरै सार्बजनिक भएको छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तीज आऊन केहि दिन बाकी नै छ, तर बजारमा आएका गीत संगीतको माहोलबाट तीजको रौनक सुरु भईसकेको छ ।

यतिवेला नेपाली नारीहरुको मुख्यपर्व हरितालिका तीज पर्ब नजिक आइपुग्दै छ । यहि समय पारेर बजारमा धेरै हरितालिका तीज सम्बन्धि गीतहरु प्रतिस्मर्धा गर्दैछन् । त्यसै प्रतिस्पर्धामा नेत्र अर्यालको शब्द रचना र कुमार कार्कीको लय सिर्जना रहेको “न घरवार  न दरवार” बोलको तीज गीतले पनि बजार तताउने देखिन्छ ।

काजिस श्रेष्ठ द्वारा निर्देशित, यस गीतको म्युजिक भिडियोमा अनिता बस्नेत नायक बिक्रान्त बस्नेत सविना आचार्य लगायत कलाकारहरुले उत्कृष्ट अभिनय देख्न सकिन्छ । गीतलाई प्रीज्मा रेकर्डडिङ स्टुडियोमा रेकर्ड गरिएको हो । कृष्ण विकको संगीत सयोजनर हेको गीतलाई मिक्सिङ श्याम रसाइलीले गरेका छन् । गीतको भिडियोलाई छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन नबिन निरौलाले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 


विप्लव नेता लोकपाल मृत्यु प्रकरण:

त्रि.ज.मा.वि माल्नेटामा विद्यालय व्यवस्थापन समिति गठन सम्पन्न


लोपोन्मुख लाखे नृत्य भिडियो सहित

Nepali Village Women Open Bathing

सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच ।

प्रदेशीहरुको कथामा समर्पित गित फर्की आउदिन।

प्रकाशित मिति: २०२२-०८-०७ , समय : १९:२०:१८ , १० महिना अगाडि