शेयर बजार १० अङ्कभन्दा धेरैले बढ्यो

Salyan Paribesh , ८०१  पटक हेरिएको

काठमाडौं २३-साउन/ शेयर बजार आइतवार १० अङ्कभन्दा धेरैले बढेको छ । दिनभर तलमाथि भइरहेको नेप्से बन्द हुने बेलामा १० दशमलव २७ अङ्कले बढेर २ हजार १ सय २३ दशमलव ८२ विन्दुमा पुगेको छ ।

आज जीवन बीमाबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । नेप्से बढे पनि कारोबार रकममा भने कमी आएको छ । दुई सय १९ वटा कम्पनीको ६१ लाख ६ हजार कित्ता शेयर दुई अर्ब ६७ करोड ३३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १३ करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

लोपोन्मुख लाखे नृत्य भिडियो सहित

आज मनकामना स्मार्ट लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । यस्तै तेह्रथुम पावरको साढे नौ प्रतिशत र उपकार लघुवित्तको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । नयाँ सारथी लघुवित्त, साम्लिङ पावर र ग्रामीण विकास लघुवित्तको शेयर भने तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।


यो पनि पढ्नुहोस –

हेर्नुहोस् तपाइको राशिफल

त्रि.ज.मा.वि माल्नेटामा विद्यालय व्यवस्थापन समिति गठन सम्पन्न


सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच ।

प्रकाशित मिति: २०२२-०८-०८ , समय : ०१:२८:५९ , १ वर्ष अगाडि