Salyan Paribesh , ३५४ पटक हेरिएको

२३ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले युएईमा हुने इन्टरनेशनल लिग (आईएल) टी-२० क्रिकेट खेल्ने भएका छन् ।
इमिरेट्स क्रिकेट बोर्डको आयोजनामा हुने लागेको फ्रेन्चाइल लिगमा विश्वका नाम चलेका स्टार खेलाडीहरुसँगै नेपाली लेगस्पीनर सन्दीप पनि मार्की खेलाडीको रुपमा अनुबन्ध भएका हुन् ।
इमिरेट्स क्रिकेट बोर्डले सोमबार विज्ञप्ती सार्वजनिक गर्दै आन्द्रे रसेल, मोइन अली, सुनिल नारिन, क्रिस लिन, कोलिन मनरो, वानिन्दु हसरंगा, सन्दीप लामिछाने लगायत अन्तर्राष्ट्रिय खेलाडीले पहिलो संस्करणमा मार्की खेलाडीको रुपमा सम्झौता गरेको जनाएको छ ।
सन् २०२३ जनवरीमा हुने आइएल टी-२० मा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । आईपीएल फ्रेन्चाइज कोलकता नाइट राइडर्सले पनि युएईको लिगमा टिम किनेको छ । बोर्डका अनुसार हरेक टिममा१८ खेलाडी हुने र त्यसमा युएईका ४ र अन्य एसोसिएट राष्ट्रका २ खेलाडी हुने जनाएको छ । अन्य अन्तर्राष्ट्रिय खेलाडीहरुको नाम छिटै सार्वजिनक गरिने पनि बोर्डले जनाएको छ ।
लोपोन्मुख लाखे नृत्य भिडियो सहित
https://youtu.be/Sbl5IZIogc8
गत सिजन आईपीएलमा अनुबन्ध नभएका सन्दीप लामिछाने आउने सिजन भने विश्वका विभिन्न लिगमा अनुबन्ध हुने क्रम जारी छ । उनी यही अगष्ट अन्तिमदेखि हुने क्यारेबियन प्रिमियर लिगमा जमैका तलहवाजमा अनुबन्ध भएका छन् ।
यस्तै श्रीलंमा हुने लंका प्रिमियर लिगमा सन्दीप दम्बुला जायन्ट्समा अनुबन्ध भएका थिए । तर श्रीलंकाको आर्थिक अवसथ्मा कारण लंका प्रिमियर लिग अनिश्चिकालका लागि स्थगित भएको छ ।
लोपोन्मुख सोह्रठी नृत्य भिडियो सहित
https://youtu.be/fxCUwMmYRKY
यसैगरी अष्ट्रेलियामा डिसेम्बर १३ देखि सुरु हुने बिग बास लिग (बीबीएल) मा पनि सन्दीप विदेशी खेलाडीको ड्राप्टमा समावेश भएका छन् ।
यसअघि बीबीएलमा विदेशी खेलाडी सिधै अनुबन्ध भएर खेल्ने गरे पनि आगामी सिजनदेखि विदेशी खेलाडी ड्राप्टबाट अनुबन्ध गरिने भएको छ ।
यसअघि सन्दीपले सिधै अनुबन्धन भएर मेलवर्न स्टार्स र होबार्ट हुरिकेन्सबाट खेलेका थिए । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा त्रिकोणात्मक शृंखला खेलेर आएपछि नेपाली टिम हाल बिदामा छ । नेपालले यही अगष्ट अन्तिम साता केन्या भ्रमण गर्ने तालिका छ ।
कप्तान सन्दीपको व्यस्तता
नेपाली टिमका कप्तान सन्दीप लामिछाने यही अगष्ट अन्तिमदेखि हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा जमैका तलहवाजमा अनुबन्ध भएका छन् । उनले नेपाल र सीपीएलको खेलका लागि समय मिलाइरहेका क्यान सचिव प्रशान्त मल्लले बताए ।
सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच ।
https://youtu.be/4TDGUbnwx-0
सीपीएल अगष्ट ३१ देखि सुरु हुनेछ । त्यसअघि सिक्स्टी क्रिकेट पनि आयोजना हुँदैछ । त्यसमा पनि सन्दीप जमैका टिममा अनुबन्ध छन् ।
सन्दीप अगस्ट अन्तिममा नेपाली टिमसँगै केन्या भ्रमणमा जाने छन् । केन्यामा नेपाली टिमबाट टी-२० खेल खेलेर सीपीएलका लागि जाने क्यान स्रोतले बताएको छ । त्यसो भएका सन्दीपले सिक्स्टी क्रिकेट गुमाउनेछन् । ५० ओभरको खेलमा भने उपकप्तानले नेपालको नेतृत्व गर्नेछन् । सन्दीप टी-२० खेलपछि उतैबाट सीपीएल खेल्न सेन्ट किट्स एण्ड नेभिसमा जानेछन् ।
प्रदेशीहरुको कथामा समर्पित गित फर्की आउदिन।
https://youtu.be/QQRitjKp7Q0
प्रकाशित मिति: २०२२-०८-०९ , समय : ००:००:१८ , १० महिना अगाडि