एक वर्षमा नेपालीहरुले खान्छन् दुई अर्ब भन्दा बढीको काजु र बदाम

Salyan Paribesh , ५९१  पटक हेरिएको

एक वर्षमा विभिन्न देशबाट दुई अर्ब रुपैयाँभन्दा बढीको काजु र बदाम नेपालमा भित्रने गरेको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८\७९ मा उक्त रकम बराबरको काजु र बदाम नेपाल भित्रिएको हो ।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले कुल २ अर्ब १ करोड ४४ लाख २ हजार रुपैयाँको काजु र बदाम आयात गरेको विभागले जनाएको छ । सो अवधिमा २७ लाख ४८ हजार ९५५ केजी काजु र बदाम नेपाल भित्रिएको छ ।

लोपोन्मुख सोह्रठी नृत्य भिडियो सहित
https://youtu.be/fxCUwMmYRKY

विभागका अनुसार गत आर्थिक वर्ष १ अर्ब १७ करोड २५ लाख ७९ हजार रुपैयाँको १४ लाख ३४ हजार २१० केजी काजु र ८४ करोड १८ लाख २३ हजार रुपैयाँको १३ लाख १४ हजार ७४६ केजी बदाम नेपाल भित्रिएको थियो ।

नेपालमा भारत, भियतनाम, अष्ट्रेलिया, चीन, हङकङ, जापान, मोजाम्बिक, नाइजेरिया, सिंगापुर र दक्षिण अफ्रिकाबाट काजु आउने गरेको छ । यस्तै, भारत, अमेरिका र अफगानिस्तानबाट बदाम आउने गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७\७८ मा नेपालले विभिन्न देशबाट २ अर्ब ८ करोड ४७ लाख ९३ हजार रुपैयाँको काजु र बदाम आयात गरेको थियो ।

लोपोन्मुख लाखे नृत्य भिडियो सहित
https://youtu.be/Sbl5IZIogc8

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच ।
https://youtu.be/4TDGUbnwx-0


साउन २५ गते बुधबार, हेर्नुहोस् तपाइको राशिफल

एक वर्षमा नेपालीहरुले खान्छन् दुई अर्ब भन्दा बढीको काजु र बदाम

 

प्रकाशित मिति: २०२२-०८-०९ , समय : २३:३६:३४ , १० महिना अगाडि