Salyan Paribesh , १८६३ पटक हेरिएको

सल्यान /साउन,२६। तुला राम डाँगी क्षेत्रि सल्यानको कपुरकोट देखी कोईला सडक खण्डमा सिमेन्ट उद्योगहरुसंग सम्बन्धीत ट्रिपर सञ्चालनका लागि आठ बुदे सहमति भएको छ ।
जिर्ण र जोखिमयुक्त सडक भएपछि उक्त सडक खण्डमा दुई महिना अघि देखी चुन ढुंगा बोकेका ट्रिपरहरु सञ्चालन हुन सकेका थिएनन् । यस विचमा गाउँपालिकामा भएको सहमती अनुसार सिमेन्ट उद्योगहरुले सडक मर्मत सम्भारको कार्य गरेका थिए । कपुरकोट–कोइला सडकखण्डमा हालको अवस्था नघट्ने गरी उद्योगीहरुले बाह्रै महिना नियमित मर्मत सम्भार गर्ने सहमति भएको छ ।
सडकबाट प्रभावित नागरिकहरुलाई केही हदसम्म राहत दिनका लागि सिमेन्ट उद्योगी र गाउँपालिकाबाट खर्च व्यवस्थापन हुने गरी सामाजिक उत्तरदायीत्वका लागि २५ लाख रुपैयाँको साझेदारी कोष स्थापना गर्ने पनि सहमति भएको छ । जसमा वार्षिक रुपमा रोल्पा सिमेन्ट प्रालिले १० लाख, घोराही सिमेन्ट ईनड्रस्टीजबाट १० लाख र कपुरकोट गाउँपालिकाबाट ५ लाख रुपैयाा दायीत्व वहन हुनेगरी कोष स्थापना गर्ने र कोष सञ्चालनका लागि उद्योगीहरु र पालिकाकाको प्रतिनिधीहरुको सहभागितामा संचालक समिति गठन गर्ने बताइएको छ ।
उक्त कोषबाट प्रभावित क्षेत्रका असहाय तथा विपन्न नागरिकहरुको स्वास्थ्य उपचारमा सहायता प्रदान गर्ने, सडक आसपासमा चर्किएका घर तथा सार्वजनिक सम्पत्तिको मर्मत सम्भार गर्ने, सामुदायीक विद्यालयमा पढ्ने गरिव विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री उपलब्ध गराउने लगाएतका सामाजिक कार्यहरु गर्ने सहमति गरिएको छ ।
सहमति अनुसार विद्यालय र कार्यालय समयलाई मध्यजनर गर्दै विहान ८ बजेदेखि १० बजे सम्म र दिउँसो ३ देखि वेलुकी ६ बजे सम्म ट्रिपर सञ्चालन हुनेछैनन् । यस्तै गाडिको गति सिमित गर्नुका साथै यातायात व्यवस्था विभागको सडक तथा सवारी साधन भारवहन नियम अनुसार सञ्चालन गर्नुपर्ने शर्त उल्लेख गरिएको छ ।
यस्तै उद्योगहरुमा आवश्यक पर्ने श्रमिकका लागि कपुरकोट गाउँपालिकाका प्रभावित क्षेत्रका नागरिकहरुलाई प्राथमिकता दिने, सडकलाई सधै सुरक्षित रुपमा चलायमान गराउनका लागि पालिकाले गठन गरेको अनुगमन समिति, प्रहरी प्रशासन र उद्योगीहरुको संयुक्त टोलिले दिएको सुझाव अनुसार सम्बन्धीत पक्षहरुले आआफ्नो जिम्मेवारी पालना गर्ने लगाएतका सहमति भएका छन् ।
सहमति पत्रमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सहित सबै वडा अध्यक्षहरु, रोल्पा सिमेन्ट प्रालि, घोराही सिमेन्ट ईनड्रस्टीज प्रालि, पुन कन्ट्रक्शन प्रालि, कपुरकोट प्रहरी चौकीका प्रतिनिधीहरुले हस्ताक्षर गरेका छन् ।
लोपोन्मुख लाखे नृत्य भिडियो सहित
https://youtu.be/Sbl5IZIogc8
हेर्नुहोस् तपाइको राशिफल
शरण हुमागाईं र सावित्री श्रेष्ठको स्वरमा तीज गीत “पानीपर्यो झम्म झम्म” सार्बजनिक
Nepali Village Women Open Bathing
https://youtu.be/upmaUieZQGc
सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच ।
https://youtu.be/4TDGUbnwx-0
प्रकाशित मिति: २०२२-०८-११ , समय : ०२:१७:५२ , ७ महिना अगाडि