Salyan Paribesh , ११३८ पटक हेरिएको
यसवर्ष जनैपूर्णिमाकै दिन गाईजात्रा पनि परेको छ । भोलि जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको हो ।
आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार पूर्णिमाको तिथि भोलि बिहान ७ बजेर २५ मिनेटसम्म रहनेछ र त्यसपछि प्रतिपदा लाग्नेछ। प्रतिपदामै गाईजात्रा मनाउने चलन भएकाले गाईजात्रा पनि भोलि नै मनाउनुपर्ने बताइएको छ।
यसअघि १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१ र २०७० सालमा पनि एकैदिन जनैपूर्णिमा र गाईजात्रा मनाइएको समितिले जनाएको छ । झन्डै ९ वर्ष पछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको हो । पूर्णिमा तिथि बिहानै सकिए पनि दिनभर जनै र डोरो बाँध्न सकिनेछ ।
प्रकाशित मिति: २०२२-०८-११ , समय : १०:२३:२९ , १ वर्ष अगाडि