Salyan Paribesh , ८४४ पटक हेरिएको

दुःखै दुःखको त भर्खर सुरुवात भको छ
त्यसैले दिन भन्दा नि लामो रात भको छ
जसलाई मुटु झिकेर सुम्पेको थिए अस्ती
उसैबाट आज ठुलो बिस्वासघात भको छ
हुन त उसैले फालेको थोत्रे टालो हुँदो हो
तै सजाएर राख्दा मलाई सौगात भको छ
छोडेर गयौ आएनौ फर्केर,सकिनछु भुल्न
नचाहेरै आखाँमा अविरल बर्षात भको छ
म तिमीसँग हैन अचेल डराकोछु आफैसँग
जहिले देखि जिब्रोको दुश्मन दाँत भको छ
२-
पराई सङ्ग नयाॅ नाता जोडेर काहाॅ गयौ तिमी
मलाई बिच बाटो मैई छोडेर कहाॅ गयौ तिमी
जुनी जुनी संगै जिउने बाचा कसम खाएकी थियौ
आज तिमी हाम्रो नाता तोडेर कहाॅ गयौ तिमी
हास्दा संगै हास्छु भन्थेउ रुदा संगै रुन्छु भन्थेउ
आज तिमी अन्तैई बाटो मोडेर कहाॅ गयौ तिमी
मेरो मन मुटु भित्र तिमीलाईनै सजाय को थिए
आज एई मन मुटु फोरेर कहाॅ गयौ तिमी
तिमी बाहेक कसैई को हुन्न भन्थेउ जिन्दगी मा
आज तिमीले अर्को को सिउॅदो भरेर कहाॅ गयौ तिमी
३-
म पनि देशका लागी एक फुल बनौ कि
अवसरवादी सोचको तिखो सुल बनौ कि
चरम सिमा शोषण गरिब जनता माथी
जनताको रछ्या गर्दै विकासको मुल बनौ कि
क्रान्तिकारी विचार संगै व्यवहार बनाएर
कालो बजारी लाई रोक्न झुल बनौ कि
सबैको परिचय आफ्नै कर्म सित नै हुन्छ
सोझा सिधा दुखियाकै दु:ख तार्ने पुल बनौ कि
राजन शर्मा न्यौपाने
छेडागाड नगरपालिका ६ जाजरकोट
लोपोन्मुख लाखे नृत्य भिडियो सहित
प्रकाशित मिति: २०२२-०८-११ , समय : १५:२५:४९ , ६ महिना अगाडि