‘परदेशी २’को रिलिज मिति पछि सर्‍यो, अब फागुन ५ मा आउने

Salyan Paribesh , १२६८  पटक हेरिएको

काठमाडौं । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’को रिलिज मिति पछि सरेको छ । असोज १४ गते रिलिज हुने भनिएको फिल्म अब फागुन ५ गतेबाट प्रदर्शनमा आउने निर्माता राजेश वंशलले जानकारी दिए ।

उनले वितरक, हल सञ्चालक र फिल्मकर्मीहरुसँगको सल्लाहमा ‘परदेशी २’लाई फागुनमा ल्याउने निर्णय गरिएको बताए ।

फिल्मको केही प्राविधिक काम बाँकी नै रहेको र त्यसका लागि निर्धारित मितिसम्म तयारी नपुग्ने देखिएकाले रिलिज मिति पछाडि सारिएको निर्देशक रायमाझीले बताए ।

‘परदेशी २’ मा प्रकाश सपुत, केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, वर्षा सिवाकोटी लगायतको मुख्य भूमिका छ ।


लोपोन्मुख लाखे नृत्य भिडियो सहित


कपुरकोट ३ दमारखोलाको लाखे नाच २०७९

प्रकाशित मिति: २०२२-०८-१३ , समय : २१:१२:२३ , १ वर्ष अगाडि