सलमान रुस्दीमाथिको आक्रमणले बलिउड स्तब्ध : कंगना, स्वारा र जावेदले गरे निन्दा

Salyan Paribesh , ६०२  पटक हेरिएको

भारतीय मूलका बेलायती लेखक सलमान रुस्दीमाथि शुक्रबार न्यूयोर्कमा आक्रमण भयो । आक्रमणपछि उनको स्थिती गम्भिर रहेको र भेन्टिलेटरमा राखिएको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।

सलमानका एक एजेन्टले बताएअनुसार गम्भीर चोटको कारण लेखक रुश्दीले एउटा आँखा गुमाउन सक्छन् । उनको हातमा पनि चोट आएको र कलेजोमा पनि क्षति पुगेको जनाइएको छ ।

आक्रमणको विरोधमा विश्व नेताहरुसँगै बलिउड सेलेव्रिटी पनि उत्रिएका छन् । रुश्दीमाथि भएको हमलाको विरोधमा केही भारतीय सेलेव्रिटीले सामाजिक संजालमार्फत प्रतिक्रिया दिएका छन् ।


लोपोन्मुख लाखे नृत्य भिडियो सहित

अभिनेत्री कंगना रनावतले एक न्यूजि लिंक सेयर गर्दै लेखेकी छन्, ‘अर्को एक दिन र आतंकवादीको अर्को एक घिनलाग्दो काम । द सैटनिक वर्सेज हाम्रो समयको एक उत्कृष्ट पुस्तक हो । म भित्रैदेखि यति स्तब्ध छु कि भन्नलाई केही शब्द छैनन् । निकै घिनलाग्दो कार्य ।’

बलिउडका प्रसिद्ध गीतकार जावेद अख्तरले पनि आक्रमणलाई बर्बर बताएका छन् । उनी लेख्छन, ‘म केही कट्टरपन्थीले सलमान रुश्दीमाथि गरेको आक्रमणको निन्दा गर्छु । मलाई आशा छ, न्यूयोर्क प्रहरी र अदालतले आक्रमणकारीलाई कडा कार्वाही गर्नेछ ।’

जावेदकी पत्नी तथा अभिनेत्री शबाना आजमीले पनि हमलाको निन्दा गर्दै लेखेकी छन्, ‘मलाई आशा छ, उनी चाँडै निको हुनेछन् र कट्टरपन्थी आक्रमणकारीलाई कडा कार्वाही हुनेछ ।’ अधिकांश मुद्दामा चासो राख्ने स्वारा भास्करले पनि हमलाको निन्दा गरेकी छन् ।


लोपोन्मुख सोह्रठी नृत्य भिडियो सहित

न्यूयोर्क प्रहरीले विज्ञप्ति जारी गर्दै आक्रमणकारीको नाम हादी मतार हो र उसको उमेर २४ वर्ष छ । ऊ न्यूजर्सीमा बसोबास गर्ने प्रहरीको भनाई छ । अहिलेसम्म आक्रमणको कारण खुलेको छैन र आक्रमणकारीलाई हिरासतमा लिइएको छ ।

सन् १९८८ मा रिलिज भएको रुश्दी लिखित पुस्तक ‘द सैटनिक भर्सेज’ रिलिज भएलगत्तै इरानी सर्वोच्च धर्मगुरु अयातुल्लाह खुमेनीसहित केही इस्लामिक संगठनले प्रतिबन्धको घोषणा गरेका थिए । केही मुस्लिम संगठनले यो पुस्तकलाई पैगम्बर मोहम्मदको अपमान भएको बताएका छन् ।


यो पनि पढ्नुहोस

सलमान रुस्दीमाथिको आक्रमणले बलिउड स्तब्ध : कंगना, स्वारा र जावेदले गरे निन्दा


कपुरकोट ३ दमारखोलाको लाखे नाच

प्रकाशित मिति: २०२२-०८-१४ , समय : ०१:१५:१४ , १० महिना अगाडि