Salyan Paribesh , ३२७ पटक हेरिएको
श्रावण २९ भारत । भारतको राजस्थानमा शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिएको भन्दै एक दलित समुदायका ९ वर्षीय बालक कुटिएका छन ।
उक्त पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा उनको शनिबार मृत्यु भएको छ । सो घटना भएको २५ दिन पछि बालकको मृत्यु भएको हो ।
उक्त घटना जालोर जिल्लाको सायला गाउँको एक निजी विद्यालयमा जुलाई २० मा भएको थियो ।
प्रहरीले शिक्षकलाई पक्राउ गरी हत्या अभियोग लगाएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ । द्वन्द्व चर्किने आशंकामा उक्त क्षेत्रमा इन्टरनेट बन्द गरिएको छ।
मुख्यमन्त्री अशोक गहलोतले घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल छानबिन गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन । उनले मुख्यमन्त्री राहत कोषबाट परिवारलाई ५ लाख दिने घोषणा गरेका छन ।
प्रकाशित मिति: २०२२-०८-१४ , समय : १०:५७:२६ , ७ महिना अगाडि