Salyan Paribesh , १२१५ पटक हेरिएको

साउन २९ नेपालगन्ज – एक महिला परिवार देखि झन्डै एक महिना यता सम्पर्क बिहिन भएकि छन।
नेपालगन्ज उपमहानगरपालिका -५ डीएसपी चाेककि २४ वर्षिय पुष्पा थापा बुढाथोकी २९ दिन देखि परिवार र आफ्नतकाे सम्पर्क बिहिन भएकि हुन।
साउन १ गतेबाट सम्पर्क बिहिन भएकि पुष्पालाई आफ्नतहरु सबैतिर खाेजि गर्दा नभेटिएकाे परिवारले जनाएको छ। पुष्पाका श्रीमान सनसिल सिंह बुढाथोकी ४ महिना अघि मात्रै वैदेशिक राेजगारकाे सिलसिलामा युएई गएका छन। उनिहरु बिच विवाह भएको आउने भदौमा एक वर्ष हुने र पारिवारिक सम्बन्ध पनि राम्रो भएको भएपनि पुष्पा एकाएक सम्पर्क बिहिन भएकाे श्रीमान सनसिलले जनसहारासंग बताए।
परिवारले सकेजति खाेजतलास गरे पनि केही थाहा नभएपछि आफू नै नेपाल फर्कन लागेकाे र फर्कने प्रक्रिया समेत पूरा भएको सनसिलले बताए।
साउने संक्रान्ती मनाउन घर नेपालगन्जबाट माइत दाङकाे सतबरिया उचानिम्बु भन्ने ठाउँ जान्छु गएकि पुष्पा माइतीघरबाट नै सम्पर्क बिहिन भएकि हुन। त्यसपछि माइती र घरपरिवारले दुवै तर्फले खाेजि गर्दा पनि अहिलेसम्म कुनै थाहा नभएको सनसिलले बताए।
भेटाउने वा देख्ने जाे काेहिले पनि परिवार तथा नजिकैको प्रहरी कार्यालय सम्पर्क गरिदिन परिवारले आग्रह गरेकाे छ । जसका लागि माइती तर्फ पुष्पाकाे दिदि सिर्जना थापा सम्पर्क नम्बर 9829842891 र घर तर्फ सनसिलकाे आमा रिता बुढाथोकी सम्पर्क नम्बर 9800585779 मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेकाे छ।
———– श्रोत – जनसहारा
कपुरकोट ३ दमारखोलाको लाखे नाच
प्यूठानको बहानेमा यात्रुवाहक जिप दुर्घटना
श्रीमान विदेश गएको ४ महिनामै नेपालगन्जकि एक महिला सम्पर्क बिहिन
लोपोन्मुख सोह्रठी नृत्य भिडियो सहित
लोपोन्मुख लाखे नृत्य भिडियो सहित
प्रकाशित मिति: २०२२-०८-१४ , समय : १९:०२:४८ , १ वर्ष अगाडि