Salyan Paribesh , १३२९ पटक हेरिएको

सल्यान/ श्रावन,२९ – तुला राम डाँगी क्षेत्रि
पछिल्लो नेपाली सांगितिक बजार संगितमय बन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने वालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव १५ दिन बाकि छ, बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आइरहेका छन् । यसैविच चर्चित लोकप्रिय गायिका निरु शुबेदिको तिज गित सीतारा टल्किने सारी सार्बजनिक भएको छ।
सीतारा टल्किने सारी गीतमा चर्चित गायक खुमन अधिकारि र निरु शुबेदिले सुमधुर स्वर भरेका छन्। उक्त गीतमा मञ्जिता पहाडीको शब्द रहेको छ भने झबेन्द्र मगरले संगीत भरेका छन्। भेट हुदा बोल्न न आउनि नभेटे मन आत्तिने भन्दै माया पिरतीका शब्दले भरिएको उक्त गीतको भिडियो साचिकै तीजलाई झल्काउने र धर्मकर्म लाइ केन्द्रित बनाएर मन्दिरकै छेउछाउमा सुटिङ्ग गरिएको त्यस्तै राम्रो बनेको छ।
गीतको रोमान्चकता जस्तै भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा कैलाश कठायत, विष्णु पाण्डे, रेखा थापा र निरु सुवेदी लगायत थुप्रै मोड्लिङ्ग,कलाकारहरुलाई देख्न सकिन्छ ।
गीतको एरेञ्ज खेम गौतमले गरेका छन भने रेकर्डिङ सुमन राणा र खुमन राणाले गरेका हुन्। मिक्सिङ्ग कुमार राणाले गरेका छन् ,गितको निर्देशन निशान बानियाले गरेका हुन् भने सम्पादन नविन घर्ती मगरले गरेका छन् भने कोरियोग्राफर माधव श्रेष्ठ हुन् र सिनेम्याटोग्राफर हरिश महराले गरेका हुन्।
गीतको भिडियो हेर्न तल क्लिक गर्नुस।
श्रीमान विदेश गएको ४ महिनामै नेपालगन्जकि एक महिला सम्पर्क बिहिन
श्रीमान विदेश गएको ४ महिनामै नेपालगन्जकि एक महिला सम्पर्क बिहिन
प्रदेशीहरुको कथामा समर्पित गित फर्की आउदिन।
लोपोन्मुख लाखे नृत्य भिडियो सहित
लोपोन्मुख सोह्रठी नृत्य भिडियो सहित
सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच ।
प्रकाशित मिति: २०२२-०८-१४ , समय : २२:५७:०७ , १ वर्ष अगाडि