Salyan Paribesh , ५७३ पटक हेरिएको
रुपन्देहीको ओमसतियामा एक युवामाथि गोली प्रहार भएको छ ।
ओमसतिया गाउँपालिका वसन्तपुरमा गएराति अज्ञात समूहको गोली प्रहारबाट एक युवा घाइते भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए ।
घाइते हुनेमा सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ हुन । मोटरसाइकलमा उनलाई अर्को मोटरसाइकलमा रहेका तीनजनाको समूहले गोली हानेको थियो ।
उनको पेटको बायाँतर्फको भागमा गोली लागेको छ । तर अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ।
गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । गोली चलेको केही बेरअघि एक किलोमिटरको दूरीमा रहेको एक होटलमा पेस्तोल देखाएर लुटपाट भएको थियो ।
यस घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२२-०८-१५ , समय : १०:३४:२३ , १ वर्ष अगाडि