Salyan Paribesh , ३२४ पटक हेरिएको
श्रावण ३०,बर्दिया । बर्दिया प्रहरीले जिल्लाको विभिन्न ठाउँबाट लागुऔषध सहित ५ जनालाई पक्राउ गरेको छ ।
मधुवन नगरपालिका–७ तारातालबाट २ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धूलो पदार्थ सहित सोही ठाउँ बस्ने १९ वर्षीय पवन महत, सुदिप थिङग, पासाङ तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै बर्दियाको बढैयाताल गाउँपालिका वडा नं.२ फुटाहा स्थित बाट १ ग्राम १८० मिलिग्राम लागुऔषध सहित २ जनालाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका छ ।
पक्राउ पर्नेमा, बाँकेको खजुरा गाउँपालिका वडा नंं.२ बस्ने नविन थापा र सोही ठाउँ बस्ने सन्देश खत्री रहेका छन ।
पक्राउ परेकाहरु माथि बर्दिया जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी अुनसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२२-०८-१५ , समय : १०:५९:२१ , ७ महिना अगाडि