सुर्खेतमा लागुऔषध सहित श्रीमान–श्रीमति पक्राउ

Salyan Paribesh , ३८४  पटक हेरिएको

श्रावण ३० सल्यान ।सुर्खेतमा लागुऔषधसहित श्रीमान–श्रीमति पक्राउ परेका छन ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ समावेशी टोलका लल्लु भन्ने किरण गिरी र उनकी श्रीमती सानु भन्ने सरला शाही रहेका छन् ।

उनीहरुलाई समावेशी टोलबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी सुरज कार्कीले बताए ।

कार्कीका अनुसार उनीहरुको साथबाट ४७ ग्राम ६२० मिलि ग्राउम ब्राउन सुगर र नगद २६ हजार तीन सय रुपैयाँ बरामद गरिएको छ ।

पक्राउ गरेका गिरी दम्पतिमाथि अहिले थप अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताए ।

प्रकाशित मिति: २०२२-०८-१५ , समय : ११:१६:२७ , ७ महिना अगाडि