भेरि अस्पातलमा आमासहित जुम्ल्याहा शिशुको मृत्यु, घटनाबारे छानबिन गर्न आफन्तको माग

Salyan Paribesh , ४७४  पटक हेरिएको

श्रावण ३१ सल्यान ।नेपालगञ्जस्थित भेरी अस्पतालमा गर्भवतीसहित जुम्ल्याहा शिशुको मृत्यु भएको छ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया नाधिया खातुन र उनका जुम्ल्याहा बच्चाको मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बद्री चापागाईँले जानकारी दिए।

चिकित्सकले खातुनको पेट शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए । शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो ३ बजेतिर आमा र जुम्ल्याहा शिशुको मृत्यु भएको चापागाईँको भनाइ छ।

मृतकका आफन्तले भने चिकित्सकको लापरबाहीले खातुन र शिशुको ज्यान गएको भन्दै छानबिनको माग गरेका छन्।

प्रकाशित मिति: २०२२-०८-१६ , समय : १०:२५:३१ , १० महिना अगाडि